यू–१९ विश्वकप क्रिकेट: आज पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा नेपालले दोस्रो खेलमा आज पाकिस्तानसँग खेल्दैछ ।

नेपाल र पाकिस्तानबीचको खेल दिउँसो १ः४५ देखि दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा सुरु हुनेछ ।

नेपाल जारी विश्वकपमा पहिलो जितको खोजीमा छ। नेपालले पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनको हार बेहोरेको थियो।

पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानविरुद्ध १८१ रनको फराकिलो जित निकालेको थियो । ऊ नेपालविरुद्ध पनि सोही लय कायम गर्दै शीर्ष तीनभित्र आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ ।

नेपाल भने गत डिसेम्बरमा यू–१९ एसिया कपको पनि बदला लिँदै पाकिस्तानलाई स्तब्ध पार्ने दाउमा छ।