नेपालमा १ सय ६३ वटा विषादी दर्ता

काठमाडौं। नेपालमा हालसम्म १ सय ६३ वटा विषादी साधारण नामले दर्ता भएका छन्। कीटनाशक,ढुसीनाशक,व्याक्टेरियानाशक, नेमाटोडनाशक, झारनाशक,शंखेकिरानाशक,सुलसुलेनाशक,शंखेकिरानाशक,मुसानशक,जैविक विषादी र वनस्पतिजन्य गरी १ सय ६३ वटा विषादी साधारण नामले दर्ता भएका हुन्।

प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार साधारण नामले दर्ता भएका १ सय ६३ वटा विषादीको व्यापारिक नाम ४ हजार ७ सय ६२ वटा छन्।

कीटनाशक विषादी साधारण नामले ५६ वटा दर्ता भएका छन् भने यो विषादी व्यापारिक नामले २३ सय ४० वटा दर्ता भएको छ । यस्तै, ढुसीनाशक ४२ वटा विषादी साधारण नाम भए पनि बजारमा भने १ हजार ३ सय २९ वटा बिक्री भइरहेका छन्।

यस्तै ब्याक्टेरियानाशक १ साधारण नामको विषादी छ भने व्यापारिक नाम २० वटा छ। नेमाटोडनाशक १ साधारण नाम र २ व्यापारिक नामको छ। केन्द्रका अनुसार झारनाशक ३० वटा र ७ सय ९४ व्यापारिक नाम रहेको छ।

सुलसुलेनाशक ५ वटा साधारण नाम र ४१ वटाले व्यापारिक नामका विषादी दर्ता भएका छन्। यस्तै शंखेकिरानाशक २ वटा विषादी साधारण नाम र ४ वटा व्यापारिक नामले बजारमा बिक्री हुने केन्द्रले जनाएको छ।

यस्तै, मुसानाशक २ वटा साधारण नाम र ४९ वटा व्यापारिक नामका विषादी छन्। जैविक विषादी १४ वटा साधारण नाम भए पनि १ सय ६३ वटा व्यापारिक नाम दर्ता भएका छन्। वनस्पतिजन्य विषादी ११ वटा साधारण र २० वटा व्यापारिक नामले दर्ता भएको केन्द्रले उल्लेख गरेको छ।