जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सातजना घाइते

बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन्।बैतडीका प्रहरीका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको हो।

दोगडाकेदारको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप आज दिउँसो वडा नम्बर २ को कटौजपानीमा दुर्घटना भएको हो।

दुर्घटनामा दोगडाकेदार–८ कै चालकसमेत रहेका ३० वर्षीय भुपेन्द्र विष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश विष्ट, ५० वर्षीया वीरे लुहार, २६ वर्षीया घुमरा विष्ट, ५० वर्षीया कृष्णा विष्ट, ७० वर्षीया हरिमाया विष्ट र १७ वर्षीय महेश विष्ट रहेका छन्।