बुढीनन्दा नगरपालिकाले गर्यो विजेता खेलाडीलाई सम्मान

रेडियो शिम्भुनाथ १०४.९ मेगाहर्ज, कोल्टी, बाजुरा

बाजुरा। १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीतामा विजेता प्राप्त गर्ने खेलाडीहरुलाई बुढीनन्दा नगर पालिकाले बधाई तथा सम्मान कार्यक्रम गरेकोछ।

१४ औं जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १३ बर्षसम्मको लगातार विजेता शिल्ड बडीमालिकाको कब्जाबाट पहिलो पटक रेकर्ड ब्रेक गरेर घरेलु फिल्डमा बुढीनन्दाले शिल्ड उचालेको हो।

बुढीनन्दा नगरपालिकाको ६ गते बसेको ९ औ हिउँदे नगर सभाले विजेता खेलाडीहरुलाई नगद र सम्मान पत्रले अभिनन्दन गर्ने निर्णय सहित ६ ओटा विधेयक पारित गरेको नगर प्रबक्ता जंगवीर रोकायाले बताउनु भएको हो।

बाजुरा जिल्लाका ९ वटा स्थानीय तहविच भएको आन्तरिक जिल्ला स्तरीय प्रतियोगीतामा १८ सवर्ण र २१ रजत सहित बुढीनन्दा नगर पालिका प्रथम, १८ सवर्ण ४ रजत सहित बडीमालिका नगरपालिका दोस्रो र ८ संवरण र १४ रजत सहित खप्तडछेडेदह गाउँपालिका तेस्रो भएको थियो।

१३ बर्षसम्म लगातार विजयी शिल्ड उचालेको बडीमालिकालाई पछि पार्दै घरेलु मैदानमा पहिलो पटक रेकर्ड ब्रेक गरेर बुढीनन्दा नगर पालिकाले शिल्ड उचालेको थियो।

पालिकाले ७४ औं प्रजातन्त्र दिवसको अवसर पारेर विजयी शिल्ड उचाल्न उल्लेखनीय योगदान दिने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बधाई तथा सम्मान गरेकोछ।

स्वर्ण विजेता खेलाडीलाईलाई जनही १० हजार र रजत पदक विजेता खेलाडीलाई जनही ५ हजारक दरले नगद र सम्मान पत्रले अभिन्नदन गरेको कुरा बुढीनन्दाका नगर प्रमुख जनक कुमार बोहराले बताउनु भएको छ।

१४ औं राष्ट्रपति रनिङ शिल्डको सहआयोजक पालिका बुढीनन्दा भएकोले मर्यादिद, शान्त, सभ्य र भव्यरुपमा सुसम्पन्न गर्न विभिन्न व्यवस्थापकीय समिति, खेल प्रशिक्षक नियुक्ति, खेलाडी र खेल व्यवस्थापकले जिम्मेवारीका साथ सफल हुनु भयो।

यो पहिलो पटकको जित मात्र नभएर निरन्तर प्रयास जारी राख्न खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पदीय जिम्मेवार बहन गर्न नगर प्रमुख बोहराले जोड दिनु भएको छ।

विशेष गरि खेल प्रशिक्षक नियुक्ती गरेर एक बर्षको तयारीले प्रतिफल प्राप्त गरेको नगर प्रमुख बोहराले बताउनु भयो। बुढीनन्दा नगरपालिकालाई शिल्ड जिताउन महत्वपूर्ण भूमिका र जिम्मेवारी बहन गरेका खेल प्रशिक्षक हिमाल खड्कालाई चौथो तहबाट पाँचौ तहमा बढुवा गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताउनु भएको छ।

बधाई तथा सम्मान कार्यक्रम नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षता भएको थियो भने उक्त कार्यक्रममा राजनीतिकदलका प्रतिनिधि, जनप्रतिनिधी, खेलाडी, प्रशिक, व्यवस्थापक, नागरिक समाज, पत्रकार, शिक्षाप्रेमी, समाजसेवी र जनसमुदायको उल्लेख्य सहभागीता रहेको थियो।