केपी ओली कपको उपाधि मछिन्द्रलाई

काठमाडौं। मछिन्द्र एफसीले केपी ओली कपको उपाधि जितेको छ। शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा न्यूरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

अन्तिम पेनाल्टीमा एनआरटीका विवेक गुरुङको प्रहार कप्तानसमेत रहेका गोलकिपर विशाल श्रेष्ठले छेकेपछि मछिन्द्र च्याम्पियन बनेको हो।

केपी ओली कपको पहिलो संस्करण पनि मछिन्द्रले नै जितेको थियो। त्यतिबेला सातदोबाटोलाई हराएर मछिन्द्रले उपाधि जितेको थियो। उपाधि जितेसँगै मछिन्द्र एफसीले नगद ११ लाख र उपविजेता एनआरटीले ५ लाख प्राप्त गर्नेछन्।