गृहमन्त्रीविरूद्ध प्रदर्शन गर्ने नेविसंघका १५ जना पक्राउ

काठमाडौं। नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का १५ जना कार्यकर्ता पक्राउ परेका छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई सिंहदरबार बाहिरबाट पक्राउ गरेको हो।

नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै?दुलोभित्र पसेको हो? सहकारी पीडितलाई न्याय खै ?सहकारी ठगलाई उडे, घुमेर, टुँडिखेलमा राखेर, नाकको डाँडी भाँचिनेगरी हान्न मन छ लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका थिए।

सिंहदरबार वरपर निषेधित क्षेत्र घोषणा गरिएकाले भेला तथा प्रदर्शन गर्न निषेध गरिएको छ।