सरुवा मागेकी शिक्षिकासँग,शिक्षा शाखा अधिकृतले यौन प्रस्ताव राख्नेपछि….?

मोरङ ।कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेमाथि शिक्षिकालाई यौन प्रस्ताव राखे आरोप लागेको छ। केही समय यता नेपाली समाज यौनको मामिलामा यति सम्म चुर्लुम्म डुबेको छकी जसको कल्पना गर्न समेत सकिने अबस्था छैन।

विगत केही समय अगाडि देशकै उच्च ओहोदामा आसिन भै सकेका व्यक्तिहरुसमेत यौन मामिलाको आरोपमा हिरासत र कैदको भागीदार बनिसकेको अबस्था छ।

जसको उदाहरण स्वरुप पुर्व सभामुख कृष्ण बहादुर महरा,डिएसपी राज कुमार खोईजु,एसएसपी सौरभ राणा,देशकै गहना मानिने चर्चित खेलाडी,अभिनेता लगाएत लब्धप्रतिस्ठीत व्यक्तिहरु यौनकाण्डबाट अक्षुतो रहन सकेनन् भलै कोहिले सफाई पाएका छन् भने कोहिको मुद्दा हालपनि विचाराधिन अबस्थामा रहेको छ।

यस्तै घटनाको सिकार बनेका छन् मोरङका काफ्ले। काफ्लेले शिक्षिकालाई यौन प्रस्ताव राखे राखेनन त्यो अनुसन्धानले भोलिका दिनमा पुष्टि गर्ला तर मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेको एउटा यौन लीलाका केही प्रस्तावहरु यतिबेला सामाजिक सञ्जाल मार्फत छताछुल्ल भएको छ।

स्थायी नियुक्ति लिएको ३ वर्ष अन्यत्रै कार्यरत कानेपोखरीकी प्राथमिक शिक्षिकाको घर नजिकै सरुवा मिलाइदिँदा काफ्लेले यौन प्रस्ताव राखेपछि सो काण्ड छताछुल्ल भएको हो।

ती शिक्षिकाको भनाइ अनुसार आफुले त्यस्तो गर्न नसक्ने बरु आर्थिक रूपमा के–कति खर्च लाग्छ व्यहोर्छु भनेकी थिइन् तर काफ्लेले आर्थिक पाटो र यौनको पाटो अलग्गै हो भन्दै पटक–पटक यौन प्रस्ताव राखिरहेपछि सो काण्ड छताछुल्ल भएको छ।

हाल कानेपोखरीका अधिकांश मानिसको म्यासेञ्जरमा काफ्लेले महिलासँग गरेको कुराकानीको स्क्रिन सट पुगेको छ। काफ्लेले बारम्बार यौन प्रस्ताव राख्दै म्यासेज डिलिट गर्न थालेपछि ती शिक्षिकाले स्क्रिन सट राखेकी थिइन्।

आफ्नो बेइज्जत हुने डरमा काफ्लेले आफ्नो म्यासेञ्जर नै कसैले ह्याक गरेर चलाएको भन्दै शिक्षिकालाई फेसबुकमा ब्लक गरेका थिए। यो विषय बाहिर आएपछि शुक्रबारदेखि नै काफ्ले कार्यालयमा अनुपस्थित छन्।

अधिकृत काफ्लेले आफूले कसैसँग गफ नगरेको र पुराना दुश्मन र कसैले आफूलाई फसाउन खोजेको दाबी गरेका छन्। उता, ती शिक्षिकालाई भने म्यासेञ्जरको स्क्रिन सट किन र कसलाई दिएको भन्दै सबैले र्‍याखर्‍याख्ती पारिरहेका छन्।

गाउँपालिकाले बेइज्जती केस सामसुम पार्न खोजे पनि स्क्रिन सट सार्वजनिक भएपछि शिक्षिकाले स्क्रिन सट पठाएका कुन शिक्षक वा नेताले मिडियामा दियो भनेर खोजी गर्न थालिएको छ।

हाल शिक्षक महासंघको पालिकास्तरीय समितिका एक शिक्षक र अर्का व्यक्तिमाथि स्क्रीन सट सबैतिर पठाएको आरोप छ।

एउटी शिक्षिकालाई शिक्षा शाखा प्रमुखले पटक–पटक यौन सम्पर्कको प्रस्ताव राखेको विषय बाहिरिए पनि कारबाही प्रक्रिया अघि नबढेपछि पीडितका आफन्त जिल्ला प्रशासन कार्यालय पुगेको र त्यसपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कानेपोखरीकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवसँग कुराकानी गरेको बुझिएको छ।

हिराकुमारीले यौन सम्पर्कको प्रस्ताव राख्ने बेगबहादुर काफ्लेलाई लिखित रुपमा स्पष्टीकरण सोधेको तर काफ्ले चैत ५ गते इमेलमार्फत बिदाको पत्र पठाएर बिदामा बसेको श्रोतले बतायो।