नेपाली फुटबल टिम फिफा वरीयतामा ३ स्थान तल झर्‍यो

फाइल तस्वीर

काठमाडौं। नेपाली पुरुष राष्ट्रिय टिमको फिफा वरीयता घटेको छ। बिहीबार फिफाले निकालेको नयाँ वरीयतामा नेपाल ३ स्थान तल झरेको हो।

१७५औं स्थानमा रहेको नेपाल ३ स्थान तल झर्दै १७८ मा पुगेको छ। फिफा विश्वकप २०२६ को छनोट खेलमा लगातार खराब प्रदर्शन गरेका कारण नेपालको वरीयता घटेको हो।

दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ। तथापी भारतको पनि फिफा वरीयतामा भने गिरावट आएको छ। ११७ स्थानबाट ४ स्थान घटुवा हुँदै १२१ औं स्थानमा आएको हो।

माल्दिभ्स १६१औं स्थानमा रहँदै दक्षिण एसियामा दोस्रो स्थानमा रहेको छ। नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा छ। बंगलादेश १८४औं स्थान, भुटान १८५औं, पाकिस्तान १९५औं र श्रीलंका २०४औं स्थानमा छ।