क्रान्तिकारी कम्युनिष्ट पार्टीले हेटौडामा ३५औ जनआन्दोलन दिवस मनायो

चितवन। मकवानपुरमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको वाग्मती प्रदेशको आयोजनामा ३५ औं जनआन्दोलन दिवसको अवसरमा हेटौंडामा एक जनसभाको आयोजना गरिएको छ।

उक्त जनसभाको एक विशाल र्यालीसहितको जुलुस चन्द्रहरि सुवेदी अटलको नेतृत्वमा बुद्धचोकमा जनसभामा परिणत भएको थियो। कार्यक्रमको अध्यक्षता चितवन जिल्ला इन्चार्ज भिम बहादुर खड्का ध्रुवले गरेका थिए। उनले देशमा जनताको वास्तविक मुक्तिको लागि नयाँ शहरिया जनयुद्धको खाँचो रहेको बताए।

देश चुर्लुम्म भ्रष्टाचारी र बलात्कारीको चंगुलमा फसेको अवस्था रहेकाले जनताको जनतन्त्र जनजिविका र राष्ट्रियता धरापमा रहेको बताउँदै युवाहरुको तागत जनविरोधी राष्ट्रघाती विरुद्धको अभियान सुरु गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय समिति तयार रहेको बताए।

कार्यक्रमको सञ्चालन रामेछाप जिल्ला ईन्चार्ज भरत बुर्जा मगरले गरेका थिए भने स्वागत मन्तव्य मकवानपुर जिल्लाका ईन्चार्ज गणेश खड्गीले गरेका थिए।

उनले बोल्ने क्रममा यो देशका युवा मजदुर किसान सबै सबै जुर्मुराएको यो समयमा क्रान्तिकारी कम्युनिष्ट पार्टी दलाल संसदीय गणतन्त्रको विरुद्ध परिवर्तन र क्रान्तिको नेतृत्व गर्न तयार रहेको बताए।

कार्यक्रममा बोल्दै अतिथिहरु घाइते अपांग संघका केन्द्रिय संयोजक शिव गौतम, महाधिवेशन आयोजक समिति सदस्य अन्जना तामाङ्ग, घननाथ सापकोटा, क्रान्तिकारी महिला संगठन नेपालको केन्द्रीय संयोजक अम्बिका मुढवरी लगायतले मन्तब्य व्यक्त गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्द्रहरि सुवेदी अटलले देश टाट पल्टिएको र दलाल नेता मन्त्रीका सन्तानसमेत यो देशको माटोमा नरहेको अवस्था बताए।

जनताको श्रम गरेर बाँच्ने आशा नरहेको देश बनाउने प्रचण्डले समेत आफू माओवादी नरहेको बताउदैं इतिहासमै प्रहसन प्रस्तुत गरेको अवस्था सिर्जना गरेकाले जनआन्दोलन अपरिहार्य भएको बताए।कार्यक्रममा बोल्दै प्रदेश संयोजक चन्द्रहरि सुवेदीले मासिक ३६०० युवा देश छोडेर विदेश पलायन हुने क्रम बढ्दो रहेको बताए।

बहुदलपछि गणतन्त्रको स्थापनामा यो दोब्बर वृद्धि भएको सरकारी तथ्यांक भएको उनले प्रष्ट पारे।कार्यक्रममा विशिष्ट अतिथी प्रदेश सह संयोजक लाल बहादुर बि सीले अब संसदीय व्यवस्थाको हेडक्वार्टर ध्वंस भएको र नांगो नाच नाच्न ओली प्रचण्ड र देउवा सदैव तत्पर रहेको स्पष्ट पारे।

अब हाम्रो क्रान्तिकारी कम्युनिष्ट पार्टी सडकको बिचमा होइन जनताको मुक्तिको वास्तविक मुक्तिको लागि नयाँ शहरिया जनयुद्धको नेतृत्व गर्ने बताए।

कार्यक्रममा महाधिवेशन आयोजक समिति सदस्य दुर्गा सुबेदी, राजिव तामाङ, अटल श्रेष्ठ, क्रान्तिकारी प्रेस संगठनका केन्द्रीय सदस्य प्रेम कडेल, पार्टी केन्द्रीय सल्लाहकार बाबुराम प्यासी, दिवाकर न्यौपाने लगायत अतिथि रहेको कार्यक्रमको समापन पार्टी केन्द्रीय सचिवालय सदस्य ध्रुवले गरे।