कैलालीमा दिदीबहिनी मृत फेला

सांकेतिक तस्वीर

धनगढी। कैलालीमा दिदीबहिनी मृत अवस्थामा भेटिएका छन्। घोडाघोडी नगरपालिका-१० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए।

उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन्। दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए।

प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषधि खाइरहेको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बिष्टले बताए।