राष्ट्रियसभा उपाध्यक्षमा विष्णु र विमलाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन भने बुधबार हुनेछ।

उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताए।

गणितीय हिसाबले अगाडि रहेकी गठबन्धनकी उम्मेदवार एवम् एमाले सांसद घिमिरेले आफू निर्वाचित भएमा राष्ट्रिय सभा अध्यक्षसँग सल्लाह गरेर विधेयक अघि बढाउने लगायतका काममा प्रभावकारी भूमिका खेल्ने बताइन्।

यसैगरी कांग्रेस उम्मेदवार विष्णुदेवीले सबैलाई आफूलाई माया गर्ने भएकाले आफूले नै चुनाव जित्नेमा विश्वस्त रहेको बताइन्।