प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध जारी रहेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ।

अर्को बैठक (भोलि) बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ।

आज बिहान ११ बजेका निम्ति बोलाइएको बैठक सभामुख र प्रमुख दलका शीर्ष नेताहरूबीचको छलफलका कारण ढिला गरी बसेको थियो।

ढिला गरी संसद् बैठकमा पनि नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगन गरेका थिए। तर, बैठक बुधबार बस्ने गरी बैठक स्थगन गरिएको छ।

सहकारीको रकम ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।