बझाङमा गठबन्धनका ४ दलले लिएनन् उम्मेदवारी फिर्ता

काठमाडौं। बझाङ प्रदेशसभा १ मा सत्ता गठबन्धनका ४ दलले उम्मेदवारी फिर्ता लिएका छैनन्।

निर्वाचन अयोगले उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिने समय मंगलबार बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो।

तर गठबन्धनबाट कसैले पनि उम्मेदवारी फिर्ता नलिएको माओवादी केन्द्रका उम्मेदवार जनकराज बुढाले बताए।

‘गठबन्धनबाट कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनौँ। अब आफ्नै ढंगले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्छौं,उनले भने।

वैशाख १५ गते हुने उपनिर्वाचनमा गठबन्धन दल माओवादीबाट बुढा,एमालेबाट दमनबहादुर भण्डारी,एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपाबाट रामबहादुर जाग्रीले उम्मेदवारी दर्ता गराएका थिए।

रास्वपाले उम्मेदवारी नै दर्ता गरेको छैन। नेपाली कांग्रेसले अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ।