बालेन भने अरूलाई के भनम्,म आफै खराब छु !

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले सामाजिक सञ्जालमा एक कवितात्मक व्यङग्य लेखेका छन्।

उनले लेखेको कविताले अहिले व्यवस्थाविरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समेतलाई व्यङग्य गरेको बुझ्न सकिन्छ।

उनले लेखेका छन्: म राजा हुँदा,लोकतन्त्र चाहियो भन्छु,राजा खराब भो,म गणतन्त्र आउँदा राजा चाहियो भन्छु, जनतन्त्र हराम भो,म जनता हुँदा नेता बन्न खोज्छु,नेता बन्दा जनता लडाउँछु, कमजोर हुँदा बलियोलाई रोज्छु,बलियो हुँदा आफैँ हराउँछु! म अरूलाई के भनम,म आफै खराब छु!