पोखरामा बस दुर्घटना हुँदा ८ जना घाइते

पोखरा। पोखराको हेम्जामा बस दुर्घटना भएको छ। बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन्।

घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौँबाट म्याग्दीको दरबाङ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस सुईखेतमा दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन।