एससीसी प्रियिमर कप : नेपालको विजयी सुरुवात

फाइल तस्वीर

काठमाडौं। नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा गुलशन झाले ७ बलमा १ चौका र २ छक्कासहित १९ तथा सन्दीप जोरा १२ रनमा नट आउट रहे।

कप्तान रोहित पौडेल २४ बलमा १ छक्कासहित २८ रनमा क्याच आउट भए। नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ७.५ ओभरमा ४९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए। कुशल भुर्तेल २४ बलमा ३ चौकासहित २४ रनमा स्पिनर पवनदीप सिंहको बलमा एलबीडब्लू आउट भए।

आसिफ शेख ३५ बलमा ४ चौकासहित ३२ र कुशल मल्ल ७ रनमा आउट भएका थिए। दीपेन्द्र ११ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे।

मलेसियाका विरनदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। पवनदीपसिंह र मोहम्मद वाकिफले १९१ विकेट लिए।

त्यसअघि अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रनको सुस्त इनिङ खेलेका थिए।

ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५.१ ओभरमा ३५ रनको साझेदारी गरेका थिए। आमि १६ रनमा दीपेन्द्रको बलमा कट एण्ड बोल्ड आउट भएका थिए।

त्यसपछि शर्विम मुनिआन्डी र विरनदीप सिंहले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए। शर्विन अभिनाश बोहराको योर्करमा बोल्ड भए। उनले ३३ बलमा ३ चौका र २ छक्कासहित ४१ रन बनाए।