सन्दर्भ: १५४ औं लेनिन जयन्ती रुसी फरबरी क्रान्ति र अक्टोबर क्रान्ति, युगान्तकारी परिघटना

विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा रुसी फरवरी कान्ति र अक्टुबर क्रान्तिको ऐतिहासिक महत्व मात्रै होइन, अतुलनीय शिक्षाको विषयमा समेत स्थापित छ। रुसी फरबरी क्रान्ति र अक्टुवर क्रान्तिका विविध प्रक्रिया र तयारीका विषयहरू बढि महत्वका रहेका छन् । यस लेखमा विश्व सर्वहारा वर्गका महान नेता तथा महान् अक्टुबर समाजवाद क्रान्तिका नायक, माक्र्सवादका पहिलो प्रयोगकर्ता भी.आई. लेनिनको १५४ औं जन्मजयन्तीका सन्दर्भसँग जोडेर यो महत्वपूर्ण लेख लेख्न प्रयत्न गरिएको छ।
रुसी समाज र क्रान्तिको प्रक्रिया

रुस युरोपदेखि एसियासम्म फैलिएको संसारको सबैभन्दा ठूलो देश हो । रुसमा लामो समयसम्म निरंकुश राजतन्त्रात्मक शाही सरकार कायम रह्यो। १८६१ मा रुसमा भूदास प्रथाको अन्त्य भयो । तर पनि त्यहाँ जमिन्दारी प्रथा कायमै रह्यो। रुसमा पुँजीवाद पनि विकसित हुँदै गयो।

त्यहाँ पुँजीवादको विकाससितै मजदुर वर्ग पनि विकसित भयो । प्लेखानोभको ….१८८३ मा बनेको “मजदुर मुक्ति दल” ले रुसमा माक्र्सवादको प्रचार ग¥यो।

यसै क्रममा रुसमा लेनिनको निर्देशनमा …वर्गको मुक्तिका लागि सेन्ट पिटर्सवर्ग संघर्ष लिग” बन्यो। यसै सिलसिलामा रुसमा लेनिन, प्लेखानोभ आदिकोमा रसियाली सामाजिक जनवादी मजदुर पार्टीको निर्माण भयो। १९०३ मा यस पार्टीको दोस्रो महाधिवेशनमा …कार्यक्रमका रूपमा समाजवाद, सर्वहारा वर्गको अधिनायकत्वको स्थापना र न्यूनतम कार्यक्रमका रूपमा जारशाही अधिवेशनको रूपमा रुसी कम्युनिस्ट आन्दोलनमा बोल्सेविज्म र मेन्सेविज्मको जन्म भयो।

यसै क्रममा रूपमा १९०५ मा सशक्त रूपमा क्रान्ति विकसित भयो। आर्थिक हड्तालबाट राजनीतिक हड्तालहरू …भए र राजनीतिक हड्तालबाट सशस्त्र विद्रोह विकसित भयो।

यसै क्रममा मजदुर, सैनिक र किसानहरूका विषयहरूको निर्माण भयो। परन्तु १९०५ को पुँजीवादी जनवादी क्रान्ति सफल हुन सकेन। जारशाही विजयी बन्यो। पश्चात् प्रतिक्रियावादी कालको थालनी भयो।

फरबरी क्रान्ति प्रतिक्रियावादी कालको लामो तथा कठिन अवस्थालाई पार गर्दै रुसमा एकातिर उभारको प्रक्रिया सुरु भयो भने अर्कोतिर …पहिलो विश्वयुद्ध पनि थालियो । त्यो बेला रुस सामन्ती सैनिक साम्राज्यवादी मुलुकका रूपमा विकसित भएको यो र स्वर्य रुस पनि अमेरिका, बेलायतसित मिलेर विश्वयुद्धमा सामेल भएको थियो।

त्यो बेला रुसमा मजदुर, किसानहरूको आर्थिक अवस्था अत्यन्तै जर्जर बनेको थियो । १ करोड ४० लाख जति युवाहरूलाई आर्थिक व्यवसाय छोडेर सेनमा भर्ति हुन बाध्य बनाइएको थियो। उद्योग, व्यवसाय, कलकारखाना ठप्प बनेका थिए।

युद्ध गर्चामा सिपाहीहरूले भोकै, नांगै र खाली खुट्टा लड्नु पर्दथ्यो। जर्मनहरूले जारशाही सेनालाई हराउँदै तथा रुसी भूमाग कब्जा गइरहेका थिए।

यस स्थितिमा रुस आर्थिक दृष्टिले भयावह संकटको भुमरीमा फँस्यो र जारशाही सेना परास्त बन्दै गयो। ठीक यसै प्रक्रियामा लेनिनको नेतृत्वमा वोल्सेविक पार्टीले साम्राज्यवादी युद्धलाई गृहयुद्धमा बदल्न र शान्ति, रोटी तथा स्वतन्त्रताका लागि जारशाहीका विरुद्ध संघर्ष गर्न आह्वान् ग¥यो।

पेत्रोग्राद, मास्को, बाबु लगायतका शहरहरूमा ठूला ठुला विरोध प्रदर्शन र हड्ताल विकसित भए । हड्ताल र विरोध प्रदर्शनले सशस्त्र विद्रोहको रूप लिए।

जारशाही सेनाका सिपाहीहरूले विद्रोही मजदुरको विरोधमा होइन सरकारका विरुद्ध बन्दुक सोझ्याए। जारशाही सेनाका सिपाहीहरू विद्रोहमा सिपाहीहरूले विद्रोहमा सामेल भए। २६ फरवरी (११ मार्च) मा केन्द्रिइ कमिटिको व्यूरोद्वारा एउटा घोषणापत्र निकालियो र त्यसमा जारशाही विरोधी सशस्त्र संघर्ष जारी राख्न तथा अस्थायी क्रान्तिकारी सरकार गठन गर्न आह्वान गरियो।

त्यो बेलाको ठीक स्थितिबारे स्तालिन भन्नुहुन्छ – “फरवरी २७ (मार्च १२) मा पेत्रोग्रादस्थित सैनिकहरूले मजदुरहरूमाथि ताली चलाउन इन्कार गरेर विद्रोहमा जनतालाई साथ दिन थाले। फरवरी २७ तारिखको विहानसम्म विद्रोहमा सामेल हुने सिपाहीहरूको संख्या १०,००० भन्दा बढी थिएन र साँझसम्ममा यो संख्या ६०,००० भन्दा बढि भयो।

विद्रोहमा उठेका मजदुर र सिपाहीहरूले जारका मन्त्रीहरू र सेनापतिहरूलाई गिरफ्तार गर्न र जेलबाट मुक्त गर्न थाले। छुटेका राजबन्दीहरू क्रान्तिकारी संघर्षमा सामेल भए ।

सडकमा प्रहरीहरू र घरका माथिल्ला तल्लाहरूमा मेशिनगन राखेर बसेका सशस्त्र दस्ताहरूसित गोली हानहान भयो । तर सैनिकहरू छिटो मजदुरहरूका पक्षमा आए र त्यसबाट जारशाहीको भाग्यको फैसला भयो।

(सोभियत संघको कम्युनिस्ट पार्र्टी (बोल्सेभिक)को इतिहास, पृ. १३५÷१३६, विविध पुस्तक भण्डार २०६२)। पेत्रोगा्रादमा क्रान्ति विजयी बन्यो त्यो खबर अरु सहर र संघर्षको मोर्चाहरूमा फैलियो। आखिर २७ फरवरी (१२ मार्च) १९१७ मा रुसमा पुँजीवादी क्रान्ति सम्पन्न भयो।

त्यो बेला एकातिर वोल्सेविकहरू सडकमा क्रान्तिको नेतृत्व गर्दै थिए भने अर्कोतिर मेन्सेविक तथा समाजवादी क्रान्तिकारीहरू पुँजीपतिवर्ग र जमिन्दारहरूसित गठबन्धन तथा सम्झौता गरी सरकारमा जान आतुर देखिन्थे। त्यसै क्रममा उनीहरूले सोभियतहरूमा बहुमत ल्याउन समेत ठूलो दौडधुप गरे।

आखिर मेन्सेविक र समाजवादी क्रान्तिकारीहरू पुँजीपति वर्गको अस्थायी सरकारमा सामेत भए । यसरी सरकारमा सामेत भएमा मेन्सेविक र समाजवादी क्रान्तिकारीहरूलाई लेनिनले पुँजीपति वर्गका गोटी, कठपुतली र पुच्छर बताउनु भयो ।

त्यो बेला रूपमा फरबरी क्रान्तिको परिणाम स्वरूप दुई सत्ता जन्मन पुगे । जस्तो कि स्तालिन भन्नुहुन्छ, “यसको नतिजा स्वरूप दुई सत्ता, दुईटा अधिनायकतन्त्र अनौठो ढंगबाट आपसमा बेह्रिन पुगे– एउटा, अस्थायी सरकारद्वारा प्रतिनिधित्व गरिएको पुँजीपति वर्गको अधिनायकतन्त्र र अर्को, मजदुर र सैनिक प्रतिनिधिहरूको सोभियतद्वारा प्रतिनिधित्व गरिएको सर्वहारा र किसानवर्गको अधिनायकतन्त्र । (उक्त, पृ. १३७) हो, रुसमा त्यो बेला पुँजीपति वर्गको अस्थायी सरकार मात्र थिएन । मजदुर, किसान र सिपाहीहरूको सोभियत सत्ता पनि थियो।

फरवरी क्रान्तिको विजयाका कारणबारे स्तालिन भन्नुहुन्छ – “क्रान्तिको विजय हुनाको कारण के हो भने त्यसको अगुवा मजदुर वर्ग थियो । यस वर्गले सिपाहीको पोशाक लाएका, शान्ति, रोटी र स्वतन्त्रताको माग गर्ने किसानहरूको आन्दोलनलाई नेतृत्व दियो । सर्वहारा वर्गको एकछत्र नेतृत्वले नै क्रान्तिको सफलतालाई निश्चित पा¥यो ।” (उक्त, पृ. १३६)

समाजवादी क्रान्तिको तयारी:

त्यसैक्रममा लेनिन ३ अप्रिलको राती निर्वासनको लामो समय पश्चात् स्विजरल्याण्डबाट रुसको पेत्रोग्रादमा फर्कनु भयो। लेनिनको भव्य स्वागत गरियो।

त्यो बेला आयोजित एउटा कार्यक्रममा लेनिनले आफ्नो भाषण समाजवादी क्रान्ति जिन्दावाद भनेर टुंग्याउनु भयो। त्यस पश्चात् लेनिनले ४ अप्रिलमा आफ्नो प्रसिद्ध थेसिस तयार पार्नु भयो।

त्यसमा वहाँले जनवादी क्रान्तिको चरणबाट समाजवादी क्रान्तिको चरणमा संक्रमणको योजना प्रस्तुत गर्नु भयो। सो अप्रिल थेसिसमा लेनिनले भन्नुभयो – संसदीय संसदीय गणतन्त्र होइन किनभने मजदुर प्रतिनिधिहरूको सोवियतहरूबाट संसदीय गणतन्त्रतिर फर्कनु एउटा प्रतिगामी पाइला हुनेछ, बरु मुलुकभर माथिदेखि तलसम्म मजदुर, खेतमजुर र किसान प्रतिनिधिहरूका सोभियतहरूको गणतन्त्र। (उक्त पृ. १४३) ।

रुसी क्रान्ति मात्र होइन विश्व क्रान्तिमा समेत अप्रिल थेसिसको विशेष ऐतिहासिक महत्व छ। यसरी लेनिन बुर्जवा संसदीइ गणतन्त्रमा रुमल्लिनु भएन र सोभियत गणतन्त्रको स्थापनाका लागि समाजवादि क्रान्तिको दिशामा दृढतापूर्वक उभिनु भयो।

अप्रिल ६ मा अस्थायी सरकारमा परराष्ट्रमन्त्री मिल्यूकोवले विश्वयुद्धमा संलग्न मित्र देशहरूलाई “निर्णायक विजय प्राप्त नहुँदासम्म रुस विश्वयुद्ध जारी राख्न तयार” रहेको कुरा जाहेर गर्दै पत्र पठाए । यस घटनाबाट मजदुर र सिपाहीहरू क्रुद्ध बने। उनिहरूले १ लाख जतिको विशाल संख्यामा विरोध प्रदर्शन गरेर “युद्ध मुर्दावाद, सारा सत्ता सोभितहरूको हातमा देऊ” भन्ने नारा लगाए। अस्थायी सरकारमा संकटको थालनी भयो।

बदलिंदो परिस्थितिमा पार्टी भूमिगत जीवनबाट खुला भयो। पार्टीको इतिहासमा पहिलो पटक खुला रूपमा सम्मेलन गरियो। सम्मेलनमा सारा सत्ता सोभियतका हातमा देऊ भन्ने नारा अगाडि सार्ने, जमिन्दारी सम्पत्ति कब्जा गरी किसान कमिटीहरूलाई दिने, जमिनको राष्ट्रियकरण गर्ने, साम्राज्यवादी युद्धको अन्त्यका लागि लड्ने आदि निर्णय लिइए। मजदुर, किसान र सिपाहीहरूमा अप्रिल सम्मेलनको सकारात्मक प्रभाव प¥यो।

यस पश्चात् बोल्सेविकहरू सर्वप्रथम संगठनात्मक काममा जोडदार रूपमा अगाडि बढे । मजदुर र सेनालाई संगठित तुल्याउने काममा विशेष जोड दिइयो। सोवियतहरूमा प्रभाव बढाउन थालियो। यस अतिरिक्त मेन्सेविक र समाजवादी क्रान्तिकारीहरूलाई जनताको विचमा नांगेझार पार्र्दै लगियो।

यी काम सफल बन्दै गए । सारा सत्ता सोभियतहरूको हातमा देऊ भन्ने नाराका पक्षमा जनमत बढ्दै जान थाल्यो।
यसैक्रममा केही उल्लेखनीय घटनाहरू घटे, ती यी थिए।

पहिलो : ३ जून १९१७ मा पहिलो सोवियत महाधिवेशन। ३ जून १९१७ मा सोवियतहरूको पहिलो अखिल रसियाली महाधिवेश सम्पन्न भयो । यस अधिवेशनमा लेनिनले एकातिर साम्राज्यवादी युद्धको विरोध र अर्कातिर शान्ति, रोटी तथा जमिनको पक्षमा सशक्त राणव दिनु भयो । महाधिवेशनमा बोल्सेविकहरूको बहुमत त भएन तर लेनिनको भाषणको राम्रो प्रभाव प¥यो ।

दोस्रो: १८ जून १९१७ को पेत्रोग्राद प्रदर्शन। क्रान्तिका सहिदहरूको समाधिमा गरिएको यो प्रदर्शनी बोल्सेविक र समाजवादी क्रान्तिकारी होइन बोल्सेविक नाराहरूका आधारमा भयो। यहाँ युद्ध मुर्दावाद, सारा सत्ता सोवियतहरूलाई सुम्प…नारा लेखिएका झण्डाहरू फहराइए । यस प्रदर्शनमा वोल्सेविक सफल रहे।

तेस्रो: १७ जुन १९१७ मा नै युद्धमोर्चामा हमला । यसैदिन अस्थायी सरकारले अंग्रेजी र फ्रान्सेली साम्राज्यवादको छ । अनुसार रुसी सेनाका सिपाहीहरूलाई युद्धमोर्चामा हमला गर्न पठायो । गोला बारुद तथा तोपको कमी र सिपाहीहरूको ….कारण सो हमला असफल बन्यो ।

चौथो: ३ जुलाई १९१७ मा उक्त युद्धमोर्चा हमलाका विरुद्ध विशाल प्रदर्शन । अस्थायी सरकारको साम्राज्यवादी युद्ध जारी राख्ने नीति र सो युद्धमोर्चामा हमलाका लागि सिपाहीहरूलाई पठाइएका घटनाप्रीत पेत्रोग्रादक मजदुर र सिपाहीहरूमा …ज्वाला विस्फोटित हुन पुग्यो । ती प्रदर्शन स्वतः स्फूर्त रूपमा सुरु भए । ती सबै एकै ठाउँमा मिसिएर ती सशस्त्र प्रदर्शनमा परिणत हुन पुगे । त्यहाँ साम्राज्यवादी युद्धको विरोध र सोवियत सत्ताको पक्षमा नारा लागे । त्यहाँ लाखौँ नरनारीहरूको उपस्थिति थियो । बोल्सेविकहरूले सो जुलुश प्रदर्शनलाई शान्तिपूर्ण ठूलो प्रयास गरे । परन्तु, अन्ततः अस्थायी सरकारको सेनाको टुकुडीले गोली चलाए । पेत्रोग्रादकका सडक मजदुर र सिपाहीहरूका रगतले रंगिए ।

पाँचौ: वोल्सेविक पार्टीमाथि भीषण हमला । अस्थायी सरकारले मेन्सेविक र समाजवादी क्रान्तिकारी समेतको मिलोमतोमा बोल्सेविकहरूमाथि भीषण हमला गरियो । ‘प्राब्दा’ छाप्ने ठाउँमा तोडफोड गरियो । बोल्सेविकका अन्य अखबार बन्द गरिए । बोल्सेविक पार्टीका कैयौं सदस्यहरूलाई गिरफ्तार गरियो । साम्राज्यवादी युद्धमोर्चामा सिपाहीहरूलाई खटाइयो । ७ ज्ुलाई १९१७ मा लेनिनको गिरफ्तारीका लागि पक्राऊ पुर्जी जारी गरियो । कैयौं बोल्सेविकहरूमाथि राजद्रोह र सशस्त्र विद्रोह संगठित गर्ने अभियोग लगाइयो । स्थिति गम्भीर बन्यो । द्धैत सत्ताको अन्त्य भयो ।
अक्टोबर क्रान्ति
द्धैत सत्ताको अन्त्य पश्चात् अस्थायी सरकारको दमन प्रक्रिया बढ्दै जान थाल्यो । त्यस स्थितिमा पार्टी भूमिगत भयो । लेनिन पनि भूीमगत हुनुभयो । सशस्त्र विद्रोहको तयारीका लागि पार्टीको छैटौं महाधिवेशन बोलाइयो । त्यसमा सुरक्षाको कारण लेनिन उपस्थित हुन सक्नु भएन ।

सो महाधिवेशनमा स्तालिनद्वारा प्रतिवेदन प्रस्तुत गरियो । त्यस महाधिवेशनमा समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने, विद्रोहको तयारी गर्ने, सांगठनिक स्थिति बलियो तुल्याउने, अस्थायी सरकारको विरोध तथा भण्डाफोर गर्ने, मेन्सेविक लगायतका अवसरवादीहरूलाई नंग्याउदै सोवियतहरूमा पार्टीको पकड बनाउने लगायतका निर्णयहरू लिइए । यसै क्रममा बदलिएको परिस्थितिमाथि ध्यान दिँदै “सारा सोभियतहरूको हातमा सम्प” भन्ने नारालाई अस्थायी रूपमा फिर्ता लिइयो र सशस्त्र विद्रोहको तयारीका कामलाई अगाडि बढाइयो ।

बोल्सेविकहरूको प्रभाव बढ्दै गए पछि पुँजीपति र जमिन्दारहरूको सरकारले जनता र क्रान्तिका विरुद्ध अधिनायकवादलाई बलियो बनाउने कसरत गर्न थाल्यो । सेनापति कोर्निलोबले दमनको षडयन्त्रलाई अघि बढाए । पेत्रोग्रादमा फौज पठाइयो । त्यसैक्रममा बोल्सेविक पार्टीको केन्द्रीय समितिले सो षड्यन्त्रमूलक दमन अभियानको प्रतिरोधका लागि मजदुर र सिपाहीहरूलाई आह्वान् ग¥यो । मजदुर र सिपाही मिलेर त्यसप्रकारको षड्यन्त्रमूलक दमनलाई सशस्त्र रूपमा निस्तेज पारियो । कोर्निलोव षडयन्त्र पराजित भयो।

कोर्निलोवको हारपछि बढ्दै गएको क्रान्तिको ज्वारलाई रोक्नका लागि मेन्सेविक र समाजवादी क्रान्तिकारीहरूले १२ सेप्टेम्बर १९१७ मा अखिल रसियालाई सम्मेलन बोलाए र त्यसलाई प्रि–पार्लियामेन्ट (पूर्व संसद) को नाम दिइयो । वोल्सेविक पार्टीको केन्द्रिय समितिले त्यसको बहिष्कार गर्यो । स्तालिनले प्रि पार्लियामेन्टलाई कोर्निलोवको गर्भपात भनेर धज्जी उडाउनु भयो ।

१६ अक्टोबरमा सम्पन्न पार्टीको केन्द्रिइ समितिको विस्तारित बैठकमा सशस्त्र विद्रोहको सञ्चालनका लागि स्तालिन प्रमुख रहनु भएको एउटा पार्टी केन्द्र निर्वाचित गरियो । जिनोवियेव तथा कामेनेवले विद्रोह सम्बन्धी निर्णयको विरोध गरे र त्यसलाई सार्वजनिक रूप दिए । अक्टोबर १८ मा उनीहरूको वक्तव्य मेन्सेविक पत्रिकामा पनि छापियो । लेनिनले उनीहरूलाई केन्द्रिय समितिबाट निष्काशन गर्नु पर्ने प्रस्ताव राख्नु भयो । तमाम चुनौतीहरूको सामना गर्दै यस पार्टी केन्द्रले विद्रोहका लागि महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।

यसैबिच बोल्सेविकहरूद्वारा १९१७ अक्टोबरको उत्तराद्र्धतिर सोभियतहरूको महाधिवेशन बोलाइयो । र, विद्रोहका लागि तयारीका कामलाई तिव्रता दिइयो । लेनिनले कुन कुरामा जोडदिनु भयो भने बहुसंख्यक जनता हाम्रो पक्षमा छन् । यसै क्रममा लेनिनले विद्रोहको आवश्यकता र औचित्यमाथि ध्यानदिँदै साथीहरूलाई, बोल्सेविकहरूलाई कैयौं पत्रहरू पठाउनु भयो ।

केन्द्रीय समितिको सदस्यहरूको नाममा लेखिएको एउटा पछिल्लो पत्रमा लेनन भन्नुहुन्छ – “साथीहरू, मैले यी पंक्ति २४ तारिखको साँझ लेखिरहेको छ । स्थिति अत्यन्तै नाजुक छ । के कुरा नितान्त स्पष्ट भइसकेको छ भने अब, साँच्चै विद्रोहमा विलम्ब गर्नु मृत्यु समान हुनेछ ।

…..इतिहासले क्रान्तिकारीहरूलाई विलम्बका लागि कहिल्यै माफी दिने छैन, जुन आज विजयी हुन सक्तछ र ती साँच्चै विजयी हुनेछन् । जबकि भोलि उनीहरूका लागि सबैथोक गुमाउने खतराछ, सबैथोक गुमाउने खतरा छ ।” (ब्ला.इ. लेनिन संकलित रचनाएँ, दश खण्डोंमे खण्ड ७ पृ. ३५७÷३५८, प्रगति प्रकाशन मास्को १९८४) । सोही अक्टोबर २४ तारिखको रातमा लेनिन स्मोल्नी आइपुग्नु भयो र विद्रोहको नेतृत्व स्वयं आफैले सम्हाल्नु भयो ।

सशस्त्र विद्रोहको सञ्चालन पेत्रोग्राद सोवियत र बोल्सेविक केन्द्रीय समितिको हेडक्वार्टर स्मोल्नीबाट भइरहेको थियो । त्यसबेला स्मोल्नीको स्थितिबारे उल्लेख गर्दै कुप्सकाया भन्नुहुन्छ –“स्मोल्नीमा चहकिलो, प्रकाश छरिएको थियो । त्यहाँ निकै बढी सक्रियता देखिन्थ्यो ।

सबै ठाउँबाट लाल प्रहरी (रेड गार्डहरू) कारखानाहरूका प्रतिनिधि र सैनिकहरू निर्देश लिनका लागि आइरहेका थिए । टाइपराइटरहरू खुट्खटाइ रहेका थिए, टेलिफोनका घण्टीहरू बजिरहेका थिए, पार्टीमा कार्यरत किशोरीहरू आएका टेलिग्राममा मुठाहरू छाट्न लागेका थिए र अर्को सैनिक क्रान्तिकारी समितिको लगातार बैठक चलिरहेको थियो ।

बाहिर चोकमा सशस्त्र मोटर गाडीहरू चालु अवस्थामा खडा थिए एउटा भरिएको तोप खडा थियो । आवश्यक परेमा अवरोध बनाउनका लागि आगो बाल्ने दाउराका ठूला ठूला चाँग जम्मा पारेर राखिएका थिए । फाँटकमा बन्दुक र ….ठीकठाक पारिएका थिए र ढोकाहरू सेन्ट्रीहरू तैनाथ गरिएका थिए ।” (संस्मरण लेनिन, क्रुप्सकाया, पृ.२१९)

आखिर विद्रोह सुरु भयो । त्यो बेलाको अवस्थाबारे स्टालिनद्वारा यसरी उल्लेख गरिएको छ – अक्टोबर २४ तारिकको रातमा लेनिन स्मोल्नी आइपुग्नुभयो, र उहाँ आफत विद्रोहका सञ्चालन गर्न ………….सेनाका क्रान्तिकारी टुकडीहरू र लालरक्षकहरूमा दस्ताहरू स्मोल्नीमा आउँदै गरे । बोल्सेविकहरूले अस्थायी सरकार रहेको ठाउँ–शीत दरबार – घेर्नका लागि तिनीहरूलाई राजधानी पठाए ।

१९१७ अक्टोबर २५ (नोभेम्बर) तारिखका दिन लाल रक्षक र क्रान्तिकारी सैनिकहरूले रेलवेस्टेसन, हुलाक अड्डा, टेलेग्राफ अड्डा, मन्त्रालय र राज्य बैंक कब्जा गरे । प्रि–पार्लियामेण्टलाई खारेज गरियो ।

पेत्रा्रगाद सोवियत र बोल्सेविक केन्द्रिय कमिटिको हेडक्वार्टर स्मोल्नी क्रान्तिको हेडक्वार्टर बन्यो र त्यहीबाट लडाइका सारा आदेश पठाइन्थ्यो ।

ती दिनहरूमा पेत्रोग्रादका मजदुरहरूले के देखाइदिए भने बोल्सेविक पार्टीको निर्देशनमा तिनीहरूले महान् शिक्षा पाएका छन् । विद्रोहको लागि बोल्सेविकहरूद्वारा तयार पारिएका क्रान्तिकारी सैनिक टुकडीहरूले एकदम ठीकसित लडाईका आदेशहरूको पालना गरे । तिनीहरू लाल रक्षकहरूसित काँधमा काँध मिलाएर लडे । नौसेना पनि सेनाभन्दा पछाडि परेन् ।

क्रोन्स्तता वोल्सेविक पार्टीको गढ थियो, र त्यसले धेरै पहिलेदेखि नै अस्थायी सरकारको प्रभुत्व मान्न इन्कार गरेको थियो । युद्धपोत अरोराले आफ्नो बन्दुक शीत दरबारतर्फ सोझ्यायो, र अक्टोबर २५ तारिकमा त्यसको मेघ–गर्जनले एउटा नयाँ युग, महान् समाजवादी क्रान्तिको युगको सुत्रपात ग¥यो ।

अक्टोबर २५ (नोभेम्बर ७) तारिकमा बोल्सेविकहरूले “रुसका नागरिकहरूलाई” नामक एउटा घोषणापत्र निकाले । त्यसमा के घोषणा गरियो भने पुँजीवादी अस्थायी सरकारलाई पदच्यूत गरिएको छ र राज्य–सत्ता सोवियतहरूको हातमा आएको छ ।

अस्थायी सरकारले कैडेट र लडाकू दस्ताहरूको संरक्षणमा शीत दरबारमा शरण लिएको थियो । अक्टोबर २५ तारिकको दिन राती क्रान्तिकारी मजदुर, सिपाही तथा जहाजीहरू शीत दरबारमाथि हमला गरेर कब्जा गरे र अस्थायी सरकारलाई गिरफ्तार गरे ।” (सो.सं. क. पा. …..इतिहास, पृ. १९२)

पेत्रोग्रादमा सशस्त्र विजयी बने लगत्तै २५ अक्टोबर १९ को बेलुकी ११ बजे स्मोल्नीमा सोभियतहरूको दोस्रो अखिल रसियाली महाधिवेशन सम्पन्न गरियो । सो महाधिवेशनमा वोल्सेविकहरूले अत्यधिक बहुमत प्राप्त गरे र महाधिवेशनले सत्ता आफ्नो हातमा लियो । मेन्सेविक, दक्षिणपन्थी समाजवादी क्रान्तिकारी आदिले अधिवेशनको बहिष्कार गरे । सो महाधिवेशनले शान्ति सम्बन्धी तथा भूमिसम्बन्धी अज्ञाप्ति स्वीकार ग¥यो र त्यसको अध्यक्षमा लेनिन चुनिनु भयो । सोभियत सत्ताको विस्तारका लागि देशव्यापी रूपमा अभियान चलाइयो । अन्ततः सो अभियान सफल भयो।

रुसमा अक्टोबर समाजवादी क्रान्तिले विजय प्राप्त गर्नुमा मूलतः निम्न अनुसारका कारणले काम गरेका थिए,

पहिलो: रुसी पुँजीपति वर्ग अनुभव, क्षमता र दृष्टिकोण सबैमा नितान्त कमजोर थियो । जनतामा विश्वयुद्ध विरोधी र शान्तिको भावना प्रबल थियो। तर, सरकारले विश्वयुद्ध जारी राख्ने निर्णय ग¥यो । जमिन सम्बन्धी नीति तथा मजदुर नीतिका सम्बन्धमा अस्थायी सरकार र जार सरकार बीच जनताले कुनै फरक देखेनन् । जनताले मेन्सेविक र समाजवादी क्रान्तिकारीहरूलाई पनि पुँजीपति वर्ग नै दलालका रूपमा चिन्ने अवसर पाए । सरकारले जनविश्वास गुमायो ।

दोस्रो: मजदुर वर्ग र गरिब किसानहरूका बिचमा राम्रो मेल कायम भयो । यसले क्रान्तिमा ठूलो शक्ति पैदा गरिदियो ।

तेस्रो: क्रान्तिका नेताको रूपमा संघर्षमा खारिएको मजदुर वर्ग प्रस्तुत भयो । मजदुर वर्गको नेतृत्व बोल्सेविक पार्टीले गर्न पुग्यो । यो पार्टी निकै अनुभवी र सक्षम पार्टी थियो ।

चौथो: विश्व पुँजीवादी राज्य र शक्तिहरू विश्वयुद्धमा पारस्परिक शत्रुतापूर्ण शिविरमा विभाजित भएको बेलामा अक्टोबर क्रान्ति सम्पन्न भयो । त्यस स्थितिमा उनीहरू सक्रिय बनेर अक्टोबर क्रान्तिको विरोधमा लाग्न सकेनन् ।

अक्टोबर क्रान्तिको ऐतिहासिक महत्व

रुसमा सम्पन्न अक्टोबर समाजवादी क्रान्तिको विशेष ऐतिहासिक महत्व छ । यस प्रकारको महत्व मुख्यतः तीन विषयमा आधारित छ, ती हुन्,

पहिलो: महान् अक्टोबर समाजवादी क्रान्ति साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न भएको क्रान्ति हो र यसको युगान्तकारी महत्व छ । यस क्रान्तिले बुर्जुवा जनवादी संसदवादी युगको अन्त्य गरी विश्व इतिहास सर्वहारा अधिनायकत्वको युगको रूपमा एक नयाँ अध्यायको थालनी गरिदिएको छ ।

दोस्रो: यसको महत्व रुस जस्तो विशिष्ट देशका सन्दर्भमा मात्र सीमित छैन । यसको विश्वव्यापी महत्व रहेको छ । यसले विश्वक्रान्तिको लागि सर्वहारा वर्ग र उत्पीडित जनसमुदायलाई नयाँ सम्भावनाका ढोकाहरू उद्घाटित गरिदिएको छ ।

तेस्रो : यो माक्र्सवादको सफल प्रयोग हो र यसले विश्वमा समाजवादी क्रान्ति तथा जनवादी क्रान्तिको लागि विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको लागि महान् उत्प्रेणा प्रदान गरेको छ ।

(लेखक ः वरिष्ठ माक्र्सवादीको लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्)