बाजुरामा खाद्य संस्थानकाे ढुवानी अनुदान चामल विक्रि वितरणमा ब्रह्मलुट

बाजुरा,  मंसिर ७ । नेपाल खाद्य संस्थानबाट विक्री हुँदै आएको खाद्यन्न संस्थानबाट ढुवानी अनुदानको चामल विक्रि वितरणमा ब्रह्मलुट भएको पाईएको छ । जिल्लाको हिमाली गाउँपालिकाको खाद्यन्न कवाडी डिपो र धुलाचौरको अस्थायि बिक्रि केन्द्र बाट ठेकेदारले सर्वसाधारणहरुलाई मनोमानी रुपमा चामल विक्रि वितरण गरेको खुलासा भएको छ । खाद्य संस्थानले विक्री वितरण गर्दै आएको सोना मसिनो चामल ३० केजीको डिपो बाट सर्बसाधारणलाई १५ सय ५० मा बिक्रि गर्नु पर्ने भएपनि ठेकेदारले १६ सय २५ भन्दा माथि मुल्यमा बिक्रि हुने गरेको स्थानिय गोरख बहादुर सार्कीले वताए । चामलको ठेका नन्द महताराको रहेको छ । उनले नै बिक्रि गर्न लगाएको स्थानियले वताए ।

 

कवाडी डिपो र धुलाचौर अस्थायि बिक्रि केन्द्र खाद्य संस्थानको भएपनि कर्मचारी नभएपछि ठेकेदारले स्थानिय निकाय, प्रहरीको रोहबोहरमा बिक्रि गर्ने ब्यबस्था रहेको छ । कसै सँग समन्वय नगरि ठेकेदारले मनोमानी रुपमा बिक्रि गरेको स्थानिय अजय बहादुर मल्लले वताए । आफुले पनि ६० केजी चामल खरिद गरेको ३० केजीको १६ सय २५ मा लिएको वताए । आफुले मात्र नभई धेरैले ३० केजीको चामलको १६ सय २५ भन्दा बढि मुल्यमा चामल खरिद गरेको बताए ।

 

प्रमुख जिल्ला अधिकारी चेतराज बरालले भने चामलको मुल्य खाद्य संस्थानको दर भन्दा बढि मुल्यमा बिक्रि भएको जानकारीमा आएको वताए । आफुले ठेकेदारलाई कार्यवाहिको लागि समात्न जिल्ला प्रहरी कार्यलय बाजुरालाई निर्देशन दिएको वताए । त्यस्तै खाद्य संस्थान बाजुरा शाखालाई पनि बास्तबिक के हो, जानकारी दिन निर्देशन गरेको वताए । खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाका अनुसार चामल १५ सय ५० मा ३० केजीमा बिक्रि गर्नु पर्ने हो, बढि मुल्यमा बिक्रि गरेको सुनिन आएको ठेकेदारलाइ कार्यवाहिका लागि शिफारीस गर्ने वताए ।

 

बाजुराको सदरमुकाम माार्तडी बाट निकै दुर्गममा रहेका कवाडी डिपो र धुलाचौर डिपो पुग्न चार दिन लाग्ने गरेको छ । राज्यको खासै पहुँच नपुगेको पाईन्छ । कवाडी डिपो र धुलाचौर बिक्रि केन्द्रका लागि यो बर्ष चार हजार कुन्टल स्वीकृत कोटा रहेको खाद्य संस्थान बाजुराले जनाएको छ । यो क्षेत्र चरम खाद्य संकट हुने र खाद्य संस्थानको चामलको भर पर्ने गरेका छन् ।