खुकुरी प्रहारबाट एकको मृत्यु , एक जना गम्भीर घाइते

काठमाडौँ,  मंसिर ८। खुकुरी प्रहारबाट आज काठमाडौँमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा ठेगाना नखुलेका २३ वर्षीय बिक्की लिम्बू रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

 

काठमाडौँ महानगरपालिका वडा नं ३२ तिनकुनेस्थित गैरीगाउँ बस्ने २२ वर्षीय मानिस बानियाँको खुकुरी प्रहारबाट मृत्यु भएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

 

लिम्बूको निजामती अस्पताल मिनभवनमा उपचारका क्रममा आज मृत्यु भएको हो । बानियाँको खुकुरी प्रहारबाट ठेगाना नखुलेका अनिल श्रेष्ठसमेत घाइते भएकाले उनलाई उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।बानियाँ फरार रहेकाले खोजी जारी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस