मलेसिया रोजगारीः पुराना चलखेलमा, मन्त्री नयाँ ल्याउने अडानमा


काठमाडौं मंसिर २७ ।मलेसिय रोजगारीको बाटो बन्द हुनुमा पुराना संरचना राख्ने ÷नराख्ने बिषय मुख्य बाधक बनेको छ । पुराना व्यवसायी आफुले मौका पाउनुपर्ने चलखेलमा लागेका छन् ।

तिनलाई कारबाही गरेका श्रममन्त्री भने नयाँ ल्याउने अडानमा देखिन्छन् । बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, आएससी जस्ता संरचना कायम राख्न पुरानै सञ्चालक दौडधुप गरिरहेका छन् ।

 

मन्त्री गोकर्ण विष्टले प्रतिस्पर्धाबाट ल्याउने बताउँदै आएका छन् । उनको निकट बनेर ती हात पार्न अझ विवादास्पद व्यक्ति लागिपरेका छन् । पुजा चन्द ठकुरी, रघु पुरी, सन्तोष कार्कीलगायत उनका साथमा छन् ।  आजको अन्नपुर्ण पोष्टबाट  ।