आज मेघ गर्जन सहित वर्षाको सम्भावना

काठमाडौं,  जेठ१४। मंगलबार देशका पूर्वी भु–भाग लगायत अन्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वि भु–भागका थोरै स्थानहरुमा र अन्य पहाडी भेगका एक दुई स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ ।

 

त्यस्तै रातिको समयमा देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वि पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।