उ सुन्दर छ……….
मनरूप नेपाली, हुम्ला
उ सुन्दर छ र त, माथि गगनमा बस्छ ।
भाग्यमा नभएको मान्छे मनमा बस्छ ।।
आफ्नै दरिद्र मनदेखि आजित छु आजकल
नपाउने चिजको लागि अनसनमा बस्छ ।
गलाको गाँस, मुखको बोली पनि रोकिन्छ
जब आमाको याद आएर धड्कनमा बस्छ ।
आफू गरिब छु, आफ्नो हैसियत भन्दिन
तिम्रो नजर केवल पैसामा, धनमा बस्छ ।
मुस्कुराउदै देश सम्झियो, बाआमा सम्झियो
दुश्मनको खुकुरी सिपाइको गर्धनमा बस्छ