एसईई र १२ कक्षाको परीक्षा लकडाउन खुले लगत्तै सँगै सञ्चालन हुने

काठमाडौं, चैत २३ । सरकारले कोरोना भाइरसको सङ्क्रमण हुने त्रासमा स्थगित गराएको एसईई परीक्षा लकडाउन खुले लगत्तै गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत ६ गते तोकेर स्थगित भएको एसईई बैशाखमै परीक्षा गर्नेगरी तयारी तीव्र पारेको जनायो ।

अहिलेसम्म बैशाखको दोस्रो हप्ताभित्र परीक्षा गर्ने तयारी भएको छ, वोर्ड स्रोतले भन्यो । वोर्डले कक्षा १२ को परीक्षा पनि संगै गर्न सकिने जनाएको छ । विहान र दिउँसो दुई सिफ्टमा परीक्षा लिन सकिने उसको तयारी छ । आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ। कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने रहेको छ।

 

यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन्। देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन्। प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन्।

कक्षा ११ र १२ का गरी ४ लाख ८० हजारभन्दा बढी परीक्षार्थी रहेका छन्। त्यसनिम्ति १ हजार १ सय परीक्षा केन्द्र तोकिएका छन्।