कोरोना जन्माएको भन्दै चीन बिरूद्द खनिदै देशहरू ?

काठमाडौं,जेठ ५। कोरोना जन्माएको भन्दै चीन बिरूद्द खनिदै सँसार भरिका देशहरू अस्ट्रेलियाले चीनमा कोरोना भाइरसको स्रोतको स्वतन्त्र जाँच हुनुपर्ने मागमा अहिले एक सयभन्दा धेरै मुलुकले समर्थन गरेको बताएको छ ।

 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले कोरोना भाइरस कोभिड १९ को महामारी फैलिएको विषयमा स्वतन्त्र र निष्पक्ष जाँचको माग गरेका थिए ।

 

द सिड्नी हेराल्डको एक रिपोर्टअनुसार सोमबार हुन गइरहेको विश्व स्वास्थ्य सभामा एक सयभन्दा धेरै मुलुकले अस्ट्रेलियाले राखेको यो प्रस्तावको पक्षको समर्थन गर्नेछन् ।

 

यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मा अस्ट्रेलियाले राखेको प्रस्तावमा कुनै मुलुक वा स्थान चर्चा गरिएको छैन । प्रस्तावमा डब्ल्यूएचओ समक्ष यो भाइरस कसरी मानिसमा आइपुग्यो भन्ने विषयमा निष्पक्ष जाँचको लागि अनुरोध गरिएको छ ।

 

चीनको हुबेई प्रान्तको वुहान सहरमा पहिलोपटक यो भाइरसको संक्रमण देखिएको थियो । यो माग चीनलाई दबाब दिनको लागि गरिएको मानिँदै आएको छ ।

 

यसअघि सुरुमा अस्ट्रेलियाले निष्पक्ष जाँचको माग उठाउँदा चीनले यसलाई राजनीतिबाट अभिप्रेरित रहेको बताउँदै अस्ट्रेलियासँगको व्यापारमा केही प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

स्रोत बीबीसी