सबै जिल्ला प्रशासनलाइ सवारी पास वितरण बन्द गर्न निर्देशन (सुचनासहित)

काठमाडौं,साउन २८। गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तर वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै गृह मन्त्रालयले यही साउन २९ गते बिहीबारदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको छ ।

 

 कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्म पास वितरण नगर्न निर्देशन दिइएको हो। तत्कालका लागि सवारी पास वितरण बन्द गर्न गृहले जिल्ला प्रशासन कार्यालहरुलाई निर्देशन दिएको  छ।

 

कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेपछि जिल्ला प्रशासनले आवश्यकताका हिसावमा सवारी पास जारी गर्दै आएको थियो।