पठाओ चालक र यात्रुको ५/५ लाखको बिमा हुने

काठमाडौं,माघ ९ । पठाओका चालक र यात्रु दुवैको बिमा हुने भएको छ । पठाओ नेपालले एभरेस्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारीपत्रमा हस्ताक्षर गरेको छ ।

 

साझेदारीअनुसार राइडको दौरान कुनै पनि ग्राहक तथा राइडरको दुर्घटनाका कारणले हुने मृत्यु अपांगताजस्तो अवस्थामा बढीमा पाँच लाखसम्मको बिमा रकम प्राप्त गर्नेछन् ।

यस्तै एक लाख रुपैयाँसम्मको दुर्घटना उपचार बिमा पनि पाउनेछन् । सेवा प्राप्त गर्न दुर्घटनाको ३० दिनभित्र निवेदन गर्नुपर्छ ।