नेपाल कम्युनिस्ट पार्टी (नेकपा )भित्र विवाद सुरु

काठमाडौ असार २३। सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सरकारको काम कारबाहीप्रति असन्तुष्टि बढेको छ ।

संसदको सबैभन्दा ठूलो दल र दुई तीहाई बढी बहुमतको सरकार रहेपनि मन्त्रिहरुको काम प्रति पार्टी पंङती असन्तुष्ट देखिएको हो । मन्त्रीहरुको काम, उनीहरुको प्रतिक्रिया र व्यवहारका आधारमा मुल्याङकन गरि काम कारबाहि चुस्त बनाउन नेकपाका स्थायी कमिटि सदस्यहरुले पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।

स्थायी कमिटि सदस्यबाटै बजेटदेखि सरकारका काम कारबाहि पारदर्शी नभएको भन्दै आलोचना गरेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले छुट्टै समिक्षात्मक बैठक गर्ने प्रतिबद्धता जनाए ।

जनमुखि र चुनावको बेला गरेको प्रतिबद्धता पुरा गर्न नसकिने बजेट आएको भन्दै सुरु भएको सरकारको आलोचना मन्त्रीहरुको मुल्ङकन सम्म पुगेको हो । तर, नेताहरु भने पार्टीको आन्तरिक बैठकमा हुने छलफललाई प्रजातान्त्रिक पद्धतीको रुपमा अंगिकार गरि गलत भएमा सच्चिन परेको सकरात्मक दवावका रुपमा लिनुपर्ने दाबी गर्छन ।

सरकार गठन भएको साढे चार महिना बढी भैसकेको र सरकारलाई दुई तिहाई मत रहंदा पनि जनअपेक्षित काम नभएको भन्दै नेकपाभित्रै आलोचना सुरु भएको हो ।