सह-सचिव र उपसचिवमा खुल्ला प्रतिस्पर्धा प्रवेश रोग

काठमाडौं, असार ३० । निजामती सेवाका सह–सचिव र उपसचिव खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न रोक लगाएपछि कर्मचारी वृत्तमा असन्तुष्टि चुलिएको छ ।

 

कर्मचारीको असन्तुष्टिका बीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो प्रावधान सहितको विधयकको मस्यौदा कानुन मन्त्रालयमा पठाउने तयारी गरेको छ ।

१० प्रतिशत अन्तर सेवा, २० प्रतिशत आन्तरिक र ७० प्रतिशत ज्येष्ठताका आधारमा सहसचिव उपसचिव पदपूर्ति गर्न अर्थ मन्त्रालयको प्रस्ताव गरेको थियो ।

यसअघि पनि कानुन मन्त्रालयमा पठाइएको सो विधयेकलाई कानुनले अर्थको समेत सहमति लिएर प्रस्तावित विधेयक रायका लागि पेस गर्न सुझाएको थियो ।
मन्त्रालयले संघीय निजामती ऐनको प्रस्तावित विधेयकमा हाल रहेको सहसचिव–उपसचिवमा खुला प्रतिस्पर्धाको प्रावधान हटाउन लागेको हो ।

अर्थले अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा १० र ज्येष्ठताका आधारमा ९० प्रतिशत सहसचिव–उपसचिव पदपूर्ति गर्न उपयुक्त हुने सुझाव असार १४ मा सामान्य प्रशासन मन्त्रालयलाई दिएको थियो ।

कतिपय प्रशासकले भने सहसचिव,उपसचिव पदमा खुल्ला प्रतियोगितालाई निषेध गर्न नहुने टिप्पणी गरेका छन् ।

‘यसलाई निषेध गर्नुहुँदैन भन्ने सुझाव पनि आएको छ । यसबारे मन्त्रिपरिषद् बैठक संसद विस्तृत छलफल हुने छ’ –प्रवक्ता सुरेश अधिकारीले भने । नेपाल समाचारपत्र दैनिकबाट