कृषि विकास बैंकको हर्जाना ब्याजमा असार मसान्तसम्म छुट

काठमाडौं।  कृषि विकास बैंक लिमिटेडले कोभिड–१९ का कारणले उत्पन्न अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गरी ऋणीलाई हर्जाना ब्याजमा छुट दिने भएको छ ।

 

 

बैंकले हर्जाना ब्याजमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको हो।उक्त अवसरको सदुपयोग गरी लाभान्वित हुन कर्जाग्राहकलाई बैंकले अनुरोध गरेको छ।

 

 

यसका लागि ग्राहकले आफूले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखामा ०७८ असार मसान्तभित्र सम्पर्क गरी पाउने छुटका लागि बाँकी रहेको ब्याज चुक्ता गर्नुपर्ने बैंकले जनाएको छ।