काठमाडौ जिल्ला अदालतमा दैनिक१५वटा सम्बन्ध विच्छेद

काठमाडौं, साउन ७ । काठमाडौं जिल्ला अदालतमा दैनिक १२ देखि १५ जोडी सम्बन्धविच्छेदको मुद्दा लिएर पुग्ने गरेका छन्। काठमाडौं जिल्ला अदालतबाट मात्रै पाँच वर्षको अवधिमा १२ हजार २३९ जोडीले सम्बन्धविच्छेद गरिसकेका छन्।

 

अदालतमा २० देखि २० वर्ष समूहका युवा सम्बन्धविच्छेदका लागि पुग्ने गरेका छन्। जिल्ला अदालतमा परेका सम्बन्धविच्छेदका १५ हजार बढी मुद्दामध्ये १२ हजार जति टुंगिएका हुन्।

 

देशभरका जिल्ला अदालतको तुलनामा सम्बन्धविच्छेदका मुद्दा काठमाडौं जिल्ला अदालतमा धेरै पर्नेछ। आर्थिक वर्ष २०७०/७१ देखि २०७४/७५ सम्म १५ हजार ३८० मुद्दा दर्ता भएका छन्।

 

तथ्यांक हेदा बर्सेनि सम्बन्धविच्छेदका मुद्दा बढ्दैछन्। अदालतका उपसचिव तथा स्रस्तेदार कृष्णप्रसाद नेपालका अनुसार घमा एकदमै पीगित भएर अदालत पुग्ने महिला कमै मात्र छन्। धेरैजसो श्रीमान विदेश गएर आउँदा पत्नीसँग मनमुटाव भई सम्बन्धविच्छेदका लागि आउने गरेका छन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।