अब ६ किसिमका पासपोर्ट

 

 

काठमाडौं साउन २५।सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक (रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्टरकालो) गरी चार प्रकारका राहदानी जारी गर्छ ।

 

सरकारले संसदमा पेश गरेको रहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रसताव गरेको छ थपिने दुई प्रकारका राहदानीमा सर्भिस पासपोर्टु र सिम्यान्स पासपोर्टु छन् ।

 

विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई सर्भिस पासपोर्टु दिने व्यवस्था गरिएको छ ।

पानीजहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसँगै सिम्यान्स पासपोर्टुका रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ । कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।