राजनीतिक पहुँचकै भरमा बिना दर्ता बालबालिका प्रयोग गर्दै भीआईपी स्पा,सञ्चालकले दिए संचारकर्मीलाई धम्की

काठमाडौं । बिना दर्ता भीआईपी स्पा एण्ड हेल्थ क्लव राजनीतिक पहुँचका भरमा महानगरीय प्रहरी बृत्त बौद्धलाई समेत आर्थिक प्रभावमा पारेर संचालन हुँदै आएका स्रोतले दाबी गरेको छ ।

बौद्ध प्रहरी नजिकै रहेको सो स्पामा खुल्लम खुल्ला रुपमा बालबालिकाहरु प्रयोग गरी यौनजन्य गतिविधि गरेको समाचार विभिन्न संचार माध्यममा आउँदा पनि यसलाई कारबाहीको दायरामा ल्याउनुभन्दा पनि उल्टै संरक्षण गरेको पाइएको छ ।

भीआईपी स्पा एण्ड हेल्थ क्लवको विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि सो स्पाका मालिक मनि श्रेष्ठले राजनीतिक पहुँचकै भरमा संचारकर्मीहरुलाई धम्कीका साथै कारबाही पनि गराउने भन्दै हिँडेको स्रोतले दाबी गरेको छ । श्रेष्ठको प्रलोभनमा परेका राजनीतिक दलका नेता तथा प्रहरीकै संरक्षणमा संचालन हुँदै आएको सो स्पालाई बन्द गराउनु पर्नेमा उल्टै प्रोत्साहन गर्ने कार्य गरेको देख्दा स्थानीय आजित बनेका छन् । श्रेष्ठद्वारा संचालित सो स्पा राज्यलाई नै माथ खुलाउने गरी ठगी गरी दैनिक बालबालिकालाई प्रयोग गरी लाखौं रुपैया आर्जन गरेको स्थानीय सरकारलाई प्रत्यक्ष रुपमा जानकारी हुँदाहुँदै पनि यसलाई किन छुट दिइएको छ रु संचालक श्रेष्ठ गोकर्णेश्वर नगरपालिकाको आईटी इन्जिनियर भएको आफैले बताउने गरेका छन् । यसले के प्रष्ट हुन्छ भने कतै गोकर्णेश्वर नगरपालिकाका मेयर नै यसमा संलग्न रहेको छ छैनन् रु भन्ने प्रश्न उठेको छ ।

सो स्पा सेन्टरमा भएको अनैतिक गतिविधिका कारण आफ्ना छोरीबेटीहरु बाहिर निस्कने अवस्थासमेत नभएको स्थानीय लामा थरका व्यक्तिले नाम नबताउने सर्तमा बताए ।

सो स्पाका मालिक श्रेष्ठले संचारकर्मीहरुलाई आर्थिक प्रलोभनमा पारी समाचार नलेख्न विभिन्न शक्तिकेन्द्र धाइरहेका छन् । तर, राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई नै बद्नाम गराउने उद्देश्यले पत्रकारलाई चाहिँदो पैसा दिएको झुटो आरोप लगाउँदै पत्रकारिता क्षेत्रलाई नै बिकाउ बनाउने कार्य गरेर बदनाम गराउन विभिन्न शक्तिकेन्द्र धाइरहेको स्रोतले दाबी गरेको छ ।

बौद्ध क्षेत्रमा भीआईपी स्पा एण्ड हेल्थ क्लव जस्ता अनगिन्ती स्पाको नाममा बालबालिका प्रयोग गर्दै यौनजन्य गतिविधि गरिरहेको प्रहरीहरुले नै स्वीकार गर्ने गरेका छन् । तर, यस विषयमा माइती नेपाल, अपराध महाशाखालगायतका नियमतकारी निकायमा जानकारी गराउँदा पनि यसतर्फ सम्बन्धित नियमनकारी निकायको चासो नजानुले यस्ता स्पालाई प्रोत्साहन मिल्नुका साथै बालबालिकाको भविष्य नै चौपट पार्ने कार्य भइरहेको स्पष्ट देख्न सकिन्छ ।

यस्तो छ ऐनमा व्यवस्था

मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन २०६४ मा कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कार्यलाई मानव बेचबिखन तथा ओसार प्रसार गरेको मानिने उल्लेख छ।

ऐनले वेश्या वृत्तिमा लगाउने वा शोषण गने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याइ कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाइ आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने कुनै स्थानमा राख्ने वा नेपालभर एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा विदेश लैजाने वा अरु कसैलाई दिने कार्यलाई निषेध गरेको छ।