एनपीएलमा लिग चरणको आज अन्तिम खेल,कर्णाली र सुदूपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज लिग चरणको अन्तिम खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे लिगको अन्तिम खेलका कर्णाली याक्स र सुदूपश्चिम रोयल्स भिड्दैछन् ।

सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगिसकेको छ । उसले आजको खेल हारेको स्थितिमा पनि क्वालिफायर खेल्ने पक्का छ ।

कर्णालीले भने आजको खेल जित्न आवश्यक छ । समान ८ अंकका साथ पाँचौ स्थानमा काठमाडौं गुर्खाज छ । नेट रनरेटका आधारमा कर्णाली चौथो स्थानमा आएको हो ।

सुदूरपश्चिमसँग फराकिलो अन्तरले कर्णाली पराजित भए काठमाडौं प्लेअफ पुग्ने सम्भावना रहन्छ । कर्णाली झिनो अन्तरले मात्रै पराजित भएको खण्डमा भने ऊ आफै प्लेअफ पुग्ने सम्भावना रहन्छ । त्यसकारण आजको खेल रोमान्चक हुने देखिन्छ।

अंकतालिकामा जनकपुर दोस्रो र चितवन तेस्रो स्थानमा छ । प्लेअफको शीर्ष दुई टिमले क्वालिफायर र तेस्रो र चौथोले इलिमिनेटर खेल्नेछ।

क्वालिफायरमा विजयी भएको टोली फाइनल पुग्नेछ भने पराजित भएको टोलीले इलिमिनेटरको विजेता टोलीले खेल्नेछ । त्यसमा विजयी हुने फाइनल पुग्नेछ।