नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एसीसी अन्डर–१९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियामा जारी खेल नेपाली समय अनुसार पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो।
समूह बीमा रहेको भारतले शानदार सुरुवात गरेको छ । नेपाली महिला टोली पहिलो पटक एसिया कप खेल्न लागेको हो। आजको खेल जित्दै नेपाल विजयी सुरुवात गर्न चाहन्छ भने पाकिस्तान भारतसँगको हारको बदला लिन चाहन्छ।
नेपाली युवा टोलीको कप्तानी पूजा महतोले गर्ने छिन् भने टिमको उपकप्तानको जिम्मेवारी सोनी पाख्रिनलाई दिइएको छ।
