कर्णालीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो।
कर्णालीका लागि ओमानी खेलाडी जिासन मकसुदले ३० रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । साथै उनले २ रनआउट पनि गरे ।स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट नै लिए ।
