यू-१९ महिला एसिया कप: नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं। मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ। नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो।

१०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गर्यो। नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहे। त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाए।

त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो। पाकिस्तानका कोमल खानले ३८ रन बनाए। पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो। नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ। नेपालले भोलि भारतसँग खेल्ने छ।