रौतहट प्रहरीले समात्यो एकैदिन १८ जना फरार प्रतिवादी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले एकैदिन १८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट मंगलवार एकैदिनमा १८ फरार व्यक्तिलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा जालसाजी मुद्दाका शेख वहिद, नेक महमद, मिर अली हुसैन, शेख तैयब, शेख जमिर, शेख अख्तर, शेख दमी अख्तर, शेख साहिद, शेख मेराज, ईस्लाम अन्सारी, र जुमन देवान रहेका छन्।

त्यस्तै हातहतियार खरखजाना मुद्दाका नवलाकिशोर मुखिया, कुटपिट तथा गाली बेइज्जती मुद्दाका शेख जाकिर, चोरी मुद्दाका रामबालक मुखिया, कुटपिट मुद्दाका वीर बहादुर राय, बिगो मुद्दाका सिकिन्दर यादव, र किर्ते जालसाजी मुद्दामा जगरनाथ राय यादव पक्राउ परेका छन्।

जिल्ला अदालत रौतहटबाट सजाय तोकिएर फरार रही लामो समयपछि पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयन लागि मंगलबारर जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।