ट्रक भिरबाट खस्दा एकजनाको मृत्यु

काठमाडौं । कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति लालु गाउँबाट मकै र भटमास लिएर सुर्खेत फर्किँदै गरेको कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक स्थानीय हलेसे भिरबाट तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रक धनी नरहरीनाथ ५ रुप्साका ४५ वर्षीय गंगा देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकले भने फाल हानेर ज्यान जोगएका छन् ।
ओरालो सडकमा आफैँ अनियन्त्रित भएर ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकाटेका प्रमुख डीएसपी टेक बहादुर रावतले जानकरी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका देउवालाई उपचारको लागि मान्म लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ट्रक सडकबाट २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
