कैलालीको गोदावरीमा आमा-छोरी मृत भेटिए

कैलाली। कैलालीको गोदावरीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत भेटिएको प्रहरीले जनाएको छ।
मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए। दुवैजना बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा मृत भेटिएको उनले बताए।
मृतक मिराका सहोदर देबर नरेश बिकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ। मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्। मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
