माओवादी केन्द्रका तीन नेता पदमुक्त
काठमाडौं। नेकपा माओवादी केन्द्रले तीन जना प्रदेशस्तरीय नेतालाई पदमुक्त गरेको छ । पार्टीले गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल, दलमायाँ रोका र केशव कुँवरलाई पदमुक्त गरेको हो।
माओवादीले मातहतका कमिटीमा सर्कुलर पठाउँदै नेता हमाल र रोका निष्क्रिय रहेको र कुँवर बैदेशिक रोजगारीमा गएकाले पदमुक्त गरिएको बताएको छ।
यसैगरी गण्डकी प्रदेशअन्तर्गतकै रेशमबहादुर जुग्जाली मगर (म्याग्दी), धनबहादुर बिक (बाग्लुङ) र मदन आले (तनहुँ)लाई वैकल्पिक केन्द्रीय सदस्यको रूपमा मनोनयन गरिएको छ।
यसैगरी पार्टी एकता प्रक्रियाबाट माओवादीमा जोडिएका कृष्णराज न्यौपाने ‘लब्ली’ (चितवन), बद्री तिमिल्सिना (चितवन) र खगेन्द्र छन्त्याल (बाग्लुङ)लाई पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ। यस्तै वीरेन्द्र बस्नेत झापा०लाई पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।
