गृहमन्त्री लेखकमाथि षड्यन्त्र गरेको गोप्य अडियो सार्वजनिक,दलित अभियानको नाममा अराजक बन्दै संयोजक खगेन्द्र सुनार (अडियो)

काठमाडौं । गृहमन्त्री रमेश लेखकको सार्वजनिक रूपमा बदनाम गर्ने दलितका लागि दलित अभियान,नेपालका संयोजक खगेन्द्र सुनारको भण्डाफोर भएको छ।

संयोजक सुनारले गृहमन्त्री रमेश लेखकविरुद्ध विभिन्न मान्छेसँग मिलेर षड्यन्त्र र रणनीति बनाएको गोप्य अडियो सार्वजनिक भएपछि उनका कुकर्म छताछुल्ल हुँदै गएका हुन।

संयोजक सुनारले दलित अभियानको नाममा केही समयदेखि अराजक गतिविधि गर्दै आएको एक दलित अधिकार कर्मीले नै बताएका छन्। उनले भने दलितका अधिकार भन्दा पनि आफु कसरी भाइरल हुन्छु भन्ने कुरालाइ मध्यनजर गरेर कहिले पनि दलितहरूले न्याय नपाउने ती अधिकार कर्मीले बताए।  हामीले व्यक्तिका पछि भन्दापनि राज्यले दलितमाथि गरेकाे व्यवारका विरूद्ध बुलद आवाज उठान सके मात्र उत्पीडनमा परेका दलित समुदायले न्याय पाउन सक्ने बताए। 

संयोजक सुनारले केही दिन अगाडि मात्र आफ्ना मान्छेहरूलाई कोठाभित्र राखेर योजना बनाएको अराजक शैलीको अडियो सार्वजनिक भएपछि गृहमन्त्रालयले नै चासो राखेको छ। संयोजक सुनारको अडियो सार्वजनिक भएपछि उनिमाथि थप अनुसन्धान हुनसक्ने देखिएको छ। उनीसँगै रहेका केही व्याक्तिले अराजक र उत्तेजक अभिव्यक्ति दिएको अडियोमा स्पष्ट सुन्न सकिन्छ।

संयोजक सुनारले दलित आन्दोलनका नाममा हात, खुट्टामा ‘नेल’ लगाएर माइतीघर मण्डलामा बेलाबेला एक्लै प्रदर्शन गर्ने गरेका छन्। उनले केही समयदेखि सर्लाहीका सत्यन्द्र राम र नेहा रौनियारको विषयलाई लिएर निरन्तर आन्दोलन गर्दै आएका छन्।

यो विषय अदालतले नै टुंगो लगाएर नेहालाइ सत्यन्द्रको जिम्मा लगाइ सकेको भएपनि सुनारले गृह मन्त्रीमाथि कारबाहीको माग गर्दै निरन्तर आन्दोलान गरिरहेका छन्। उनले नेपाली समाजलाइ नै विभाजित गर्ने गरि अराजक शैलीका गतिविधि गर्दै आएका छन्।

गृहमन्त्री लेखकविरूद्ध विभिन्न षड्यान्त्र बनाएर कसरी फसाउन सकिन्छ भन्ने उदेश्यका साथ हात धोएर लागेको साे अडियो सुन्दा स्पष्ट हुन्छ। संयोजक सुनारले दलित आन्दोलनलाई बल पुग्ने भन्दा पनि गृहमन्त्री लेखकलाइ कसरी फसाउन सकिन्छ भनेर व्यक्तिगत रुपमा योजना बनाएको अडियोबाट प्रस्ट देखिन्छ।

त्यस्तै संयोजक सुनारलाइ योजनाबद्ध रूपमा कसैले परिचालन त गरेको छैन भन्ने आशंका समेत बढ्दै गएको देखिन्छ। विभिन्न सामाजिक सञ्जाल र अन्य माध्यमबाट समेत सुनारले गृहमन्त्री लेखकलाई धम्की दिँदै आएका छन्। सरकारले पनि दलित अभियानको नाममा अराजक बन्दै आएका व्यक्तिलाइ छुट दिदै जाने हो भने यस्ता तत्वले भविष्यमा समाजलाइ नै ठूलो दुर्घटना तर्फ लाने जोखिम उत्तिकै देखिएको छ।

त्यस्तै सुनारको सार्वजनिक अडियोमा उनले गृहमन्त्री लेखकलाई कमजोर बनाउन राजनीतिक भन्दा व्यक्तिगत योजनाहरू तयार पारेको सुन्न सकिन्छ।

कांग्रेसको पार्टी कार्यालयमा नेल लगाएर जान्छु, माइतीघर मण्डलामा आउँछु, मुख्यसचिवलाई भेट्छु’भन्ने सुनारको अडियो सार्वजनिक भएसँगै यो आन्दोलन राजनीतिक भन्दा व्यक्तिगत बदला लिने रणनीति जस्तो देखिएको अनुमान गर्न सकिन्छ।

उनले थप योजना सुनाउँदै भनेका छन्, माइतीघर मण्डलामा खुला प्रेस मिट गर्छु, गृहमन्त्रीलाई कारबाहीको माग गर्छु,जाहेरी लिएर प्रहरी परिसरसम्म हिँड्दै जान्छु। यदि दर्ता गर्न मानेन भने अदालत, मानवअधिकार आयोग, दलित आयोग हुँदै सिंहदरबार र संसद भवनसम्म पुग्छु।

दलित अभियान वा जुनसुकै अभियान हाेस् अराजक गतिविधि गर्ने जाेसुकै भएपनि कानुनी राज्यमा त्यस्ता व्यक्ति वा समूह जाे भएपनि सरकारले कानुनी कारबाहीकाे दाहेरामा ल्याउन जरूरी देखिन्छ। भने अन्यायमा परेका हरेक नागरिककाे संरक्षण गर्ने सरकारकाे उत्तिकै दाहित्व भएकाले त्यस्ता कुरामा पनि ध्यान दिन जरूरी देखिएकाे छ।