झापामा प्रहरी कार्यालयभित्रै सई मृत भेटिए

काठमाडौं । झापामा कार्यालयभित्रै एक प्रहरी मृत अवस्थतामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरिक्षक (सई) ४९ वर्षीय धनराज खतिवडा आज बिहान आज बिहान कार्यालयमै मृत अवस्थामा फेला परेका छन्।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका घर भएका उनी ब्यारेकको माथिल्लो तलामा फलामको भर्‍याङमा डोरीको पासो लगाएर झृुण्डिएको अवस्थामा मृत भेटिएको झापाका एसपी मिलन केसीले बताए । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।