यस्तो रहनेछ आजको मौसम ?
काठमाडौं।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मंगलबार हल्का वर्षाको सम्भावना छ। यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।
अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली छ। तराईका भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।
बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७।८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो १८ देखि २० डिग्री सेल्सियसबीच पुग्ने अनुमान रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए।

