माओवादी सरकार ढाल्ने दाउमा छैन: उपाध्यक्ष श्रेष्ठ

ताप्लेजुङ। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन्।

प्रेस सेन्टर ताप्लेजुङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि सङ्गठन बलियो बनाउनतर्फ लागेको स्पष्ट पारे।

‘माओवादी केन्द्र अहिले सरकार ढाल्ने तथा बनाउने पक्षमा छैन। सङ्गठन बलियो बनाउनतर्फ पार्टी केन्द्रीत भइरहेको छ। पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग वार्ता भइरहेको छ, उनले भने।