राणाले दरबार बनाए, प्रजातन्त्रले सडक: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले जहानीयाँ राणा शासन र प्रजातान्त्रिक व्यवस्थाको तुलना नै हुन नसक्ने बताएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा टुँडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जहानीयाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको तर प्रजातन्त्रले जनताका लागि सडक,पुल,कुलो,बिजुली व्यापार केन्द्र र विद्यालय बनाएको भन्दै राणा शासन र प्रजातान्त्रिक व्यवस्थाको तुलना नै हुन नसक्ने बताएका हुन्।

‘जहानीयाँ शासकले सन्तानका लागि दरबार बनायो। जनताका लागि प्रजातन्त्रले सडक बनायो, पुल बनायो, कुलो बनायो,विजुली व्यापार केन्द्र र विद्यालय बनायो,उनले भने।

नागरिकको जीवन बदल्न प्रजातन्त्रमा बनेका संरचनाको राणाले सन्तानका लागि बनाएका संरचनासँग तुलना हुननसक्ने भन्दै विवेकको तराजुमा राखेर तौलिनुपर्ने उनको भनाई थियो । उनले अहिले देशमा समग्ररुपमा विकास भइरहेको बताउँदै विकासोन्मुखबाट विकासशीलतिर अघि बढेको दाबी गरे।