सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ८०० रुपैयाँ कायम भएको हो। हिजो (आइतबार) सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। आइतबार एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।
