कांग्रेसका ५५ विभागले नेतृत्व पाए, १४ विभाग गठन हुनै बाँकी
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष नाघिसकेको छ । १५औँ महाधिवेशनको चहलपहल सुरु भइसक्दा पनि कांग्रेसका कतिपय विभाग गठन नै हुन सकेका छैनन् । ६९ विभागमध्ये ५५ विभाग गठन भइसक्दा १४ विभाग अझै गठन हुन बाँकी छन् ।
पार्टीको ०७५ सालमा भएको महासमिति बैठकबाट संशोधित विधानमा २८ विभागको संख्यालाई बढाएर ४८ पुर्याइएको थियो । तर, नेपाली कांग्रेसले पुनः केन्द्रीय समितिको निर्णयबाट विभागको संख्या बढाउँदै ६९ कायम गरेको हो । महामन्त्री गगन थापाले विभागको संख्या बढाएर ७२ पुर्याउन गरेको प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेको थियो । तर, पारित भएकामध्ये पनि केही विभाग उस्तै भएपछि मर्ज गरेर ६९ कायम गरिएको पार्टी कार्यालयका सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
नेपाली कांग्रेसको संशोधित विधानअनुसार महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र विभाग र समिति गठन गरिसक्नुपर्छ । तर, कांग्रेसले केही विभागबाहेक गठन नै नगरी ०७८ साल मंसिरमा १४औँ महाधिवेशन सम्पन्न गर्यो । त्यसपछि केन्द्रीय समितिले विभागको संख्या नै बढाएपछि कांग्रेसले विभागको विस्तार सुरु गरेको हो । त्यसबेला तत्कालै सबै विभाग गठन गर्ने भनिए पनि यसै वर्षको साउन २३ देखि भदौ १६सम्म भएको केन्द्रीय समिति बैठक आसपासदेखि मात्र विभाग गठनको प्रक्रियाले तीव्रता पाएको हो ।
पार्टी कार्यालयका सचिव दुलालका अनुसार सबै विभागको कार्य क्षेत्राधिकार ९टीओआर० निर्माण भइसकेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा निर्माण भएको टिओआरलाई अन्तिम रूप दिएर परिपत्र गर्ने तयारी भएको हो ।
यी हुन गठन भइसकेका ५५ विभाग र संयोजक
१- अभिलेख, अनुगमन तथा मूल्यांक विभाग – मानबहादुर विश्वकर्मा
२- सामाजिक संघ संस्था समन्वय विभाग – अर्जुनप्रसाद जोशी
३- प्रदेश समन्वय विभाग – कृष्णचन्द्र नेपाली पोखरेल
४-महिला विभाग – पुष्पा भुसाल
५-सूचना सञ्चार तथा प्रचार विभाग – मीनबहादुर विश्वकर्मा
६-राज्य प्रशासन विभाग – गोविन्द भट्टराई
७-वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग – कल्याणकुमार गुरुङ
८- उद्योग तथा व्यापार विभाग – चीनकाजी श्रेष्ठ
९-सहकारी विभाग – देवेन्द्रराज कँडेल
१०-पेसागत तथा बुद्धिजीवी विभाग – डा.डिला संग्रौला
११-तराई–मधेश समन्वय विभाग – किरण यादव
१२- दलित समुदाय समन्वय र सशक्तकरण विभाग – लक्ष्मी परियार
१३-धर्म–संस्कृति समन्वय विभाग – ध्यानगोविन्द रञ्जित
१४- सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग – शिवप्रसाद हुमागाईं
१५-वित्तीय संस्था समन्वय विभाग – कर्णबहादुर बुढा
१६- विपन्न उत्थान समन्वय विभाग – डा.गोपाल दहित
१७- थारू विभाग – योगेन्द्र चौधरी
१८-नेपाली जनसम्पर्क समिति समन्वय विभाग – किरणराज शर्मा पौडेल
१९-द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग – कृष्णकिशोर घिमिरे
२०- ज्येष्ठ नागरिक समन्वय विभाग – गेहेन्द्र गिरी
२१-प्राकृतिक स्रोत विभाग – तारामान गुरुङ
२२- पर्यटन विभाग – आङ्गेलु शेर्पा
२३-स्थानीय तह समन्वय विभाग – मधु आचार्य
२४- निर्माण व्यवसाय समन्वय विभाग – मदनबहादुर अमात्य
२५- संघीय मामिला समन्वय विभाग – चन्द्रबहादुर केसी
२६-कानुन विभाग – मानबहादुर नेपाली
२७- खेलकुद विभाग – उमेशजंग रायमाझी
२८- शुभेच्छुक संस्था समन्वय विभाग – अब्दुल सत्तार
२९-शिक्षा विभाग – नैनसिंह महर
३०-विद्यार्थी विभाग – राजीव ढुंगाना
३१- संसदीय मामिला विभाग – गोविन्दबहादुर शाह
३२- गैरसरकारी संस्था समन्वय विभाग – डा.रणबहादुर रावल
३३- आदिवासी जनजाति विभाग – दिलमान पाख्रिन
३४-भूपू सैनिक विभाग – महेन्द्रकुमारी लिम्बू
३५- कृषि तथा किसान विभाग – उमेश श्रेष्ठ
३६- स्वास्थ्य विभाग – डा.चन्द्रमोहन यादव
३७- मुस्लिम विभाग – मैकुलाल वाल्मीकि
३८- वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग – प्रकाश रसाइली स्नेही
३९- पिछडिएको क्षेत्र समन्वय विभाग – रंगमती शाही
४०- आपूर्ति तथा उपभोक्ता विभाग – गुरु बराल
४१- श्रमिक तथा ट्रेड युनियन विभाग – हरिशरण नेपाली
४२- आर्थिक नीति तथा योजना विभाग – प्रा।डा। गोविन्दराज पोखरेल
४३- विज्ञान तथा सूचना प्रविधि विभाग – सुशीला मिश्र भट्ट
४४- जिल्ला सम्पर्क समिति समन्वय विभाग – नानु बास्तोला
४५- पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग – अजयबाबु शिवाकोटी
४६- अपांगता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभाग – मदनकृष्ण श्रेष्ठ
४७- भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोवास समन्वय विभाग – नृपबहादुर वड
४८- व्यवसायिक सीप विकास विभाग – गंगालक्ष्मी अवाल
४९- पूर्वआप्रवासी समन्वय विभाग – दिनेश कोइराला
५०- साहित्य, कला तथा संस्कृति विभाग – विद्यादेवी तिमिल्सिना
५१- बालबालिका तथा किशोर–किशोरी विभाग – डा। जीवन राना
५२-उद्यमशीलता र साना तथा मझौला व्यवसाय विकास विभाग – उर्मिला थपलिया
५३- नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग – लक्ष्मी खतिवडा
५४- मानव अधिकार विभाग – धना खतिवडा
५५- ऊर्जा तथा जलस्रोत विभाग – अनिलकुमार रुंगटा
यी हुन् प्रमुख नतोकिएका १४ विभाग
५६- संगठन विभाग
५७- अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
५८- तरुण विभाग
५९- वन विभाग
६०-पार्टी सम्पर्क विभाग
६१-भातृ संघ समन्वय विभाग
६२- गैरआवासीय नेपाली समन्वय विभाग
६३-पूर्वराष्ट्रसेवक कर्मचारी समन्वय विभाग
६४- विकास तथा पूर्वाधार विभाग
६५- सुशासन तथा अनुगमन विभाग
६६- विपद् व्यवस्थापन विभाग
६७- भूपू प्रहरी विभाग
६८-मुक्त समुदाय पुनस्र्थापना समन्वय विभाग
६९- तथ्यांक–अध्ययन विश्लेषण विभाग
