नेपाल प्रहरीका यी ५ एआईजी सेवाबाट बिदा हुँदै, को-को हुन ?
काठमाडौं । नेपाल प्रहरीका ८ जना अधिकृतहरु आगामी चैत ५ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उनीसँगै २०५१ चैत ५ गते भर्ना भएका ५ एआईजी र ३ जना डीआईजी अनिवार्य अवकाशमा जान लागेका हुन् ।
अधिकांश उमेर हदका कारण यसअघि नै अवकाश भए पनि ८ जना भने तीन सातापछि मात्रै अवकाश हुन लागेका हुन् । उनीहरूलाई प्रहरी किताब खानाले अवकाशको पत्र समेत बुझाइसकेको छ ।
जसमा एआईजीहरु टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनकराज भट्टराई एकसाथ अवकाश हुनेछन् । एआइजी बढुवा सिफारिस भएका भट्टराई हाल कर्णाली प्रदेशको प्रमुख छन्।
बढुवा भएपछि उनी प्रदेश समन्वय विभागमा छोटो समयका लागि रहनेछन्। भट्टराईले एआईजीमा बढुवा भएर दज्र्यानी चिन्ह लगाउन बाँकी भए पनि अवकाशको पत्र भने बुझिसकेका छन्।
