देउवाले बोलाए शीर्ष नेताहरुको बैठक,यी हुन एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठक आज अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको हो ।

संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा शीर्ष नेताहरुसँग छलफल गर्न लागिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन समेत छ । कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिइसकेको छ ।

त्यस्तै संसदमा अलपत्र अवस्थामा रहेको विभिन्न अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुने बताइएको छ ।