बैतडीमा गोली हानेर एक युवकको हत्या
धनगढी। बैतडीमा गोली प्रहार हानेर एक युवकको हत्या भएको छ। दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० मकेन्द्र मिश्रका अनुसार शनिबार राति विष्टमाथि गोली प्रहार भएको हो। गोली प्रहारबाट घाइते भएका विष्टको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ।
नातामा दाजु पर्ने ४५ वर्षीय कर्ण विष्टले उनलाई गोली प्रहार गरेको आरोप छ। कर्ण अहिले फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएको बताइएको छ। सोही विषयलाई लिएर साँझ उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।
